YouTube Link

पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले भुटानको सामना गर्दैछ ।

विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानको साफ जित्ने लक्ष्य लिएको नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । भुटानविरुद्धको खेल जित्दै नेपाल सेमिफाइनलमा पुग्ने बलियो आधार खडा गर्न चाहन्छ ।

बलियो टोली बंगलादेश रहेको समूहको नेपाललाई दोस्रो चरणमा पुग्न भुटानलाई हराउँनै पर्ने हुन्छ । पछिल्लो समय नेपाली महिला फुटबल टोलीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाललाई घरेलु समर्थकको साथ पनि हुनेछ । त्यसैले प्रतियोगिता कै कमजोर मानिएको भुटानविरुद्ध नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । यस संस्करणको साफमा दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा नेपाल सहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपको समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले हङकङसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०८:२६

काठमाडौं: आइसिसी महिला टी-२० विश्वकप एसियाली क्षेत्रको छनोट प्रतियोगिता शुक्रबारदेखि...

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

त्रिवि क्रिकेट मैदानमा निर्माणको काम धमाधम हुँदै, फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट निर्माण हुँदै

वि.सं.२०८२ वैशाख २५ बिहीवार ११:०३

काठमाडौं: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कामहरु...