YouTube Link

नेपाल बायुसेवा निगममा अर्को अनियमितताको आशंका

Facebook Link

काठमाडौं: नेपाल वायु सेवा निगम सञ्चालक समिति सदस्यले निगमको जहाज मर्मतका लागि आह्वान भएको टेण्डरबारे अनभिज्ञता प्रकट गरेका छन् ।

टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै छानविनका लागि निवेदन परेपछि सार्वजनिक लेखा समितिले निगम सञ्चालक समितिका सदस्यलाई बैठकमा बोलाएको थियो । बैठकमा उपस्थित सञ्चालक समितिका दुई सदस्यले टेण्डर प्रक्रियाबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका हुन् ।

निगमका अध्यक्ष र महाप्रबन्धकले यससम्बन्धमा सञ्चालक समितिमा छलफलसमेत नगरेको खुलासा समेत उनीहरुले गरे । टेण्डर प्रक्रिया सम्बन्धमा सञ्चालक समिति सदस्य समेत बेखबर हुनुले निगम सञ्चालनको प्रक्रिया र अवस्थामै गम्भीर प्रश्न उठेको भन्दै लेखा समिति सदस्यले आपत्ति जनाएका थिए ।

बैठकमा निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडी र बुद्धिसागर लामिछाने पनि उपस्थित थिए । निगमको ए थ्री टू जेरो जहाज मर्मतको टेन्डर खुलाएर रद्द गरी पुन टेन्डर आह्वान गर्दा अनियमितता भएको भन्दै छानविनको लागि समितिमा निवेदन परेको थियो । यसअघि निगमलाई तत्काल लिखित विवरण माग गरेको समितिले सञ्चालक समिति सदश्यसँग समेत जवाफ मागेको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २८ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ असार २८ शनिवार ०५:५८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

समाजवादी र राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति

वि.सं.२०८२ असार २७ शुक्रवार १२:५०

काठमाडौं: माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम...

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

वि.सं.२०८२ असार २७ शुक्रवार १२:३६

काठमाडौं: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि...

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

चार खर्बले बढ्यो एक वर्षमा नेपालको अर्थतन्त्र

वि.सं.२०८२ असार २६ बिहीवार १४:३०

काठमाडौं: गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपालको अर्थतन्त्र चार...

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको शेखर समूहको ठहर

वि.सं.२०८२ असार २६ बिहीवार १४:११

काठमाडौं: नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले...

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...