YouTube Link

नेपाल बायुसेवा निगममा अर्को अनियमितताको आशंका

Facebook Link

काठमाडौं: नेपाल वायु सेवा निगम सञ्चालक समिति सदस्यले निगमको जहाज मर्मतका लागि आह्वान भएको टेण्डरबारे अनभिज्ञता प्रकट गरेका छन् ।

टेण्डर प्रक्रियामा अनियमितता भएको भन्दै छानविनका लागि निवेदन परेपछि सार्वजनिक लेखा समितिले निगम सञ्चालक समितिका सदस्यलाई बैठकमा बोलाएको थियो । बैठकमा उपस्थित सञ्चालक समितिका दुई सदस्यले टेण्डर प्रक्रियाबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका हुन् ।

निगमका अध्यक्ष र महाप्रबन्धकले यससम्बन्धमा सञ्चालक समितिमा छलफलसमेत नगरेको खुलासा समेत उनीहरुले गरे । टेण्डर प्रक्रिया सम्बन्धमा सञ्चालक समिति सदस्य समेत बेखबर हुनुले निगम सञ्चालनको प्रक्रिया र अवस्थामै गम्भीर प्रश्न उठेको भन्दै लेखा समिति सदस्यले आपत्ति जनाएका थिए ।

बैठकमा निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडी र बुद्धिसागर लामिछाने पनि उपस्थित थिए । निगमको ए थ्री टू जेरो जहाज मर्मतको टेन्डर खुलाएर रद्द गरी पुन टेन्डर आह्वान गर्दा अनियमितता भएको भन्दै छानविनको लागि समितिमा निवेदन परेको थियो । यसअघि निगमलाई तत्काल लिखित विवरण माग गरेको समितिले सञ्चालक समिति सदश्यसँग समेत जवाफ मागेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...