YouTube Link

यूरोपेली लिग सञ्चालन गर्ने बारे सदस्य राष्ट्रहरुको बैठक बस्दै

Facebook Link

एजेन्सीः यूरोपेली फुटबल महासंघ यूईफएले यूरोपेली लिगहरु फेरि सञ्चालन गर्ने विषयमा मंगलबार ५५ वटै सदस्य राष्ट्रहरुसँग बैठक बस्दैछ । भिडियो कन्फ्रेन्स मार्फत हुने यो बैठकको मुख्य एजेन्डा सदस्य राष्ट्रहरुमा रोकिएको लिग कसरी सकाउने भन्ने रहनेछ ।

त्यस बाहेक यूईएफएको दुई वटा ठूला प्रतियोगिता च्याम्पियन्स लिग र यूरोपा लिगको सञ्चालनको विषय अझ महत्वपूर्ण रहनेछ । यूईफएले च्याम्पियन्स लिग र यूरोपा लिगलाई एउटा लेगमा नकआउट खेलाएर एक साताभित्र प्रतियोगिता सकाउने विकल्प अघि सारेको छ । दुवै प्रतियोगिताका क्वार्टर फाइनलदेखिका खेल बाँकी छन् ।

यूरोपेली फुटबल महासंघले बाँकी रहेको खेल तालिका परिमार्जनका लागि दुई वटा समिति बनाएर काम गरिरहेको छ । मे महिनाको दोस्रो सातादेखि यूरोपका फुटबल लिगहरु सञ्चालन गराउने तयारी रहेको छ ।

जर्मनी र डेनमार्क अर्को महिनादेखि लिग फेरि सञ्चालन गराउन सकारात्मक देखिएका छन् । तर, अन्य देशका फुटबल संघले भने यो मितिमा लिग सञ्चालन गर्न सम्भव नभएको बताएका छन् । अहिले इटाली, स्पेन र इंग्ल्याडमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ । त्यहाँको फुटबल संघहरुले मे महिनामा फुटबल सञ्चालन गर्न नसकिने बताइसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...