Texas College
YouTube Link

साउदीका राजकुमार सलमानले प्रिमियर लिग क्लब न्युकासल युनाईटेड किन्ने

Facebook Link

एजेन्सीः बेलायतको पुरानो फुटबल क्लब न्युकासल युनाईटेड साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान किन्ने भएका छन् । साउदी पब्लिक ईन्भेस्टमेन्ट फण्डबिच एसपिआईएफ) खरिद सम्झौताका लागि न्युकासलका मालिक माईक एस्लेबीच कुरा भईरहेको थियो ।

न्युकासलका मालिक माईक एस्ले न्युकासल सलमानलाई हस्तान्तरण गर्नका लागि अब खरिद प्रक्रियाका निम्ति केही कागजी कामहरु सम्पन्न हुन मात्र बाँकी रहेको छ । साउदी कम्पनीले समझौता पुरा भएपछि नयाँ सिजनदेखि क्लबको स्वामित्व ग्रहण गर्नेछ । खरिद पश्चात एसपिआईएफले न्युकासलको ८० प्रतिशत हिस्सा ओगट्नेछ भने हालका मालिक एस्लेको १० प्रतिशत शेयर रहनेछ ।

शुरुमा यी दुईबिच ३ सय ४० मिलियन पाउण्डमा कुरा नमिलेपछि अहिले एसपिआईएफले ३ सय मिलियन पाउण्डमा क्लबलाई किन्ने निश्चित भईसकेको छ । बेलायती कम्पनी सेनट जेम्स् होल्डिङ्गसले यसको सबै कानुनी प्रक्रियाहरु मिलाईरहेको छ । यसको मंगलबार सबै प्रकिया टुङ्गोमा लागेपछि न्युकासल प्रिमियर लिगको सबैभन्दा धनी क्लब बन्नेछ ।

एस्लेले सन् २००७ मा १३४ मिलियन पाउण्डमा न्युकासल किनेका थिए । किनेको एक वर्षमै उनले पुन न्युकासल बेच्ने प्रयास पनि गरेका थिए जसको त्यसबेला निकै आलोचना समेत भएको थियो । राजकुमार सलमानले यसअघि सन् २०१८ मा म्यान्चेस्टर युनाईटेड किन्ने ईच्छा देखाएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...