ला लिगाको सिजन नसकिए बार्सिलोना च्याम्पियनः इभान राकिटिक
वि.सं.२०७७ वैशाख ८ सोमवार ११:४३
1.1K
shares
एजेन्सीः कोरोना भाईरसको कारण ला लिगाको सिजन नसकिए बार्सिलोना च्याम्पियन हुने मिडफिल्डर इभान राकिटिकले बताएका छन् । कोरोनाको कारण लिग स्थगित रहदासम्म लिगको शीर्ष स्थानमा रहेको कारण बार्सिलोना च्याम्पियन हुनु पर्ने राकिटिकको दाबी छ ।
क्रोएसियाका अट्याकिङ मिडफिल्डर राकिटिकले मुभिस्टारलाई भने, ‘यदि खेलमा फर्कन सक्दैनौं भने सिजन अन्त्य हुनेछ । यदि हामी माथि छौं भने हामी च्याम्पियन हुनुपर्छ ।’ कोरोनाको महामारीको कारण स्पेनिस ला लिगा अनिश्चितकालका लागि स्थगित गरिएको छ । लिग स्थगित हुनु अघि बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
यस सिजन बार्सिलोना रियल मड्रिड भन्दा मात्र २ अंकले अघि रहेको छ । बार्सिलोनाले २७ खेलमा ५८ अंक जोडेको छ । रियलको ५६ अंक रहेको छ ।
वि.सं.२०७७ वैशाख ८ सोमवार ११:४३



















