YouTube Link

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम साउथह्याम्टनसँग परजित

Facebook Link

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम साउथह्याम्टनसँग परजित भएको छ । प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा टोटेनहम साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो ।

साउथह्याम्टनको घरेलु मैदानमा टोटेनहमले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित बन्न पुग्यो । ह्यारी केनको गोलबाट टोटेनहम खेलको २६औं मिनेटमा अग्रता लिएको थियो । केनले डेल अलीको पासलाई गोलमा परिणत गरेको थियो । ७६औं मिनेटमा घरेलु टोलीका यान भालेरीले बराबरी गोल फर्काए । ८१औं मिनेटमा जेम्स वार्ड प्रोसले गोल गर्दै साउगह्याम्टनलाई २–१ ले अघि बढायो । खेलमा पछि परेपछि टोटेनहमले खेलमा फर्कने प्रयास गरेपनि सफल नुहदा पराजित बन्न पुग्यो ।

हारसँगै टोटेनहमले शीर्षस्थानको म्यानचेस्टर सिटी र लिभरपुलसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । पराजित टोटेनहम ३० खेलबाट ६१ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । साउथह्याम्टन ३० खेलबाटै ३० अंक जोडेर रेलिगेसन जोनभन्दा दुईस्थान माथि १६औं स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...