Texas College
YouTube Link

राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट “मतान”ले थप चुनौति र हौसला बढाएको छ

Facebook Link

२०७१ सालको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड जितेको “मतान” केही समयपछि सार्वजनिक प्रदर्शनमा आउँदै छ । फरक धारको चलचित्रको रुपमा चर्चा कमाएको “मतान”ले सोलुखुम्बुको ग्रामीण भेगमा बनेको पहिलो ठूलो पर्दाको चलचित्रको रुपमा समेत चर्चा बटुलेको छ । सोलुखोला सिनेमा प्रा.लि.द्वारा निर्मित “मतान”का बारेमा केन्द्रीत रहेर फिल्मका निर्माता, कलाकार, कथा, परिकल्पनाकार समेत रहेका केशव राई “युप्स”सँग अखबार नेपालले गरेको कुराकानीको सार संक्षेप । (सम्पादक)

– “मतान” कस्तो चलचित्र हो ?
फिक्सन र ननफिक्सनको बीचबाट बनेको चलचित्र हो । यसलाई फरक धारमा बनाईएको छ ।

– “मतान”को अर्थ के हो ?
यो सहायक घर जस्तो हो । गाउँ घरमा घरको छेउ अथवा खेतबारीमा ओत लाग्न, विश्राम गर्न, गाईवस्तु बाँध्न बनाइएको ठाउँलाई मतान भनिन्छ । त्यो सामान्य हन्छ तर त्यही मतानमा बेला बेलामा विभिन्न घटनाहरु हुने गर्दछन् ।

– फिल्मसँग यसको सम्बन्ध ?
त्यही मतानमा घट्ने विभिन्न किसिमका घटनाहरुमा फिल्म केन्द्रीत छ ।

– यहि विषय किन रोज्नुभयो ? परिकल्पना कसरी भयो ?
मेरो घर (सोलुखुम्बु नेचा बतासे)माथि केन्द्रीत रहेको मतानमा घटने गरेका र मैले सानैदेखि देखेर आएका घटनालाई म यस तर्फ आकर्षित भएँ र यसको परिकल्पना स्वरुप “मतान” तयार पारेको हुँ । गाउँ घरमा मतानमा खासै चासो रहँदैन तर दिनदिनै त्यसमा विविध घटनाहरु घटिरहेका हुन्छन् । सामाजिक अपाराधिक, यौनिक जस्ता धेरै किसिमका घटना मतानमा हुन्छन् कतिपय त्यै गुपचुप हुन्छन् भने कतिपयले समाजमा गहिरो छाप छोडेर जान्छन् ।

– फिल्मको सुटिङ सोलुखुम्बुमा मात्रै किन ?
फिल्म पूर्णतया ग्रामीण भेगमा केन्द्रीत भएको र फिल्मको कथा अनुसारका कारण यो अधिकांश सुटिङ सोलुको नेचामा नै भएको हो ।

– राष्ट्रिय चलचित्र अवार्डले कत्तिको उत्साह थपेको छ ?
यसले ठूलो फड्को मारेको छ । “मतान”का बारेमा यसअघि हजार जनालाई मात्र थाहा थियो भने अवार्डपछि धेरै नेपालीले यसलाई चिनेका छन् । यो एउटा गौरवको विषय पनि हो । यससँगै चुनौती पनि थपिएको छ । साथै, अवार्डले यसै क्षेत्रमा थप राम्रो गर्ने हौसाला पनि प्रदान गरेको छ ।

– आफै निर्माता, पटकथा, संवाद, मुख्य अभिनय एक्लैले किन ?
आर्थिक पाटोबाट खर्च कम हुन्छ । अर्कोतर्फ आफैसँग क्रियशन छ भने किन नगर्ने भन्ने लाग्यो त्यसैले आफैले काम गरेको हुँ ।

– फरक धारको चलचित्र चल्दैन भन्छन् नि ?
यो सत्य कुरा हो । चलचित्र मात्रै होइन, जुनै कुरा फरकधारको काम गर्दा चुनौति अवश्य हुन्छ । तर, च्यालेन्ज स्वीकारेर गरेर देखाउनु प्रमुख कुरा हो । पछिल्लो समयमा फरक धारका चलचित्रले यत्ति राम्रो व्यापार गरेका उदाहरण छन् केही समय अघिसम्म पुरानै धारका चलचित्र मात्र चल्थे भने अहिले दर्शकको रोजाई फेरिएको छ ।

– चलचित्रप्रति कतिको आशावादी हुनुहुन्छ ?
राष्ट्रिय अवार्ड पाइसकेको चलचित्रका कारण यसले व्यवसायीक रुपमा पनि सफलता प्राप्त गर्छ भन्ने लागेको छ ।

 

 

– चलचित्र विकास बोर्डको नयाँ नियमप्रति तपाईको धारणा के छ ?
क्रियशनलाई खासै अंकुश चाहि लगाउनु हुँदैनथ्यो भन्ने मेरो मान्यता हो । तर जसले पायो त्यसले जेपायो त्यही बनाउने सिलसिला बढेपछि नयाँ नीति आएको हुनसक्छ । केही हदसम्म यो जायज हो । तर व्यक्तिको क्षमता पूर्णतया बन्देज गर्नुहुँदैन ।

– फिल्ममा लगानी कति भयो ?
प्रदर्शनमा आउँदासम्म ४० लाख बढी खर्च हुने अनुमान छ ।

– फिल्ममा सबै नयाँ अनुहार हुँदा पनि व्यवसायमा असर पर्छ भन्ने छ नि ?
यसमा सबै नयाँ कलाकार पनि छैनन् । स्थापित कलाकार नै हुनुहुन्छ, नायिका विनिता घिमिरे, सुरवीर पण्डित, विनोद श्रेष्ठ, टुपेन मगर, बबिन राई आदि यस अघि चलचित्र क्षेत्रमा चर्चा कमाईसकेका कलाकारहरु हुन ।

– दर्शकले कहिलेसम्म हलमा हेर्न पाउँछन् ?
भदौ २६ गते च्यारेटी सो हुँदैछ । त्यसअघि २०७१ चैत १२ गते एउटा च्यारेटी सो गरिएको थियो । अब हङकङ, कोरिया र युकेमा पनि च्यारेटी सो गर्ने तयारीमा छु । सम्पूर्ण च्यारेटी सो सकाएर तिहारपछि हलमा लगाउने सोचमा छु ।

– अन्त्यमा ?
नेपाली चलचित्र, मौलिक चलचित्रलाई माया गरिदिनुहोस । तपाईहरुको माझमा आउँदैछु । फिल्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

आजको फोटो पत्रकारिता पूर्णतः डिजिटलाइज्ड भएको छ: प्रदीपराज वन्त

वि.सं.२०८२ पुस ९ बुधवार १४:४६

  फोटो बिनाको सञ्चार परिकल्पना बाहिरको कुरा हो । सयौँ...

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

भ्रष्टचार भनेको अन्याय र अपराध हो, भ्रष्टचार गर्नेमाथि कारबाही हुन्छ : सुशिला कार्की

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:०८

सुशिला कार्की अन्तरीम प्रधानमन्त्री २०८२ साल भाद्र २३ र २४...

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

सहरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु कुलतमा छन्, रेष्टुरेण्टमा भेटिन्छन् : अनिल केडिया

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:४२

अनिल केडिया सञ्चालक, डि. ए. भि. स्कुल मानव जीवन संस्कार,...

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

वि.सं.२०८२ भदौ १७ मंगलवार १४:००

राजेन्द्र महतो अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल अधिकार र पहिचानको...

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

म आफूलाई संगीतकारभन्दा पनि संगीत साधक भन्न रुचाउँछु : वरिष्ठ संगीतकार राजु सिंह

वि.सं.२०८२ भदौ ४ बुधवार ११:५७

वरिष्ठ संगीतकार राजु सिंहको साँगीतिक पृष्ठभूमि नै संगीतमय थियो ।...

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

कलाकार बन्ने प्रयासमा छु : गायक भरत परियार

वि.सं.२०८२ भदौ ३ मंगलवार १३:५१

नेपाली गीत संगीतमा नयाँ परिचय बनाउदै गरेका सल्यानका गायक भरत...