Rajshow Bivag

राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट “मतान”ले थप चुनौति र हौसला बढाएको छ

Departmant of helth services

२०७१ सालको राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड जितेको “मतान” केही समयपछि सार्वजनिक प्रदर्शनमा आउँदै छ । फरक धारको चलचित्रको रुपमा चर्चा कमाएको “मतान”ले सोलुखुम्बुको ग्रामीण भेगमा बनेको पहिलो ठूलो पर्दाको चलचित्रको रुपमा समेत चर्चा बटुलेको छ । सोलुखोला सिनेमा प्रा.लि.द्वारा निर्मित “मतान”का बारेमा केन्द्रीत रहेर फिल्मका निर्माता, कलाकार, कथा, परिकल्पनाकार समेत रहेका केशव राई “युप्स”सँग अखबार नेपालले गरेको कुराकानीको सार संक्षेप । (सम्पादक)

– “मतान” कस्तो चलचित्र हो ?
फिक्सन र ननफिक्सनको बीचबाट बनेको चलचित्र हो । यसलाई फरक धारमा बनाईएको छ ।

– “मतान”को अर्थ के हो ?
यो सहायक घर जस्तो हो । गाउँ घरमा घरको छेउ अथवा खेतबारीमा ओत लाग्न, विश्राम गर्न, गाईवस्तु बाँध्न बनाइएको ठाउँलाई मतान भनिन्छ । त्यो सामान्य हन्छ तर त्यही मतानमा बेला बेलामा विभिन्न घटनाहरु हुने गर्दछन् ।

– फिल्मसँग यसको सम्बन्ध ?
त्यही मतानमा घट्ने विभिन्न किसिमका घटनाहरुमा फिल्म केन्द्रीत छ ।

– यहि विषय किन रोज्नुभयो ? परिकल्पना कसरी भयो ?
मेरो घर (सोलुखुम्बु नेचा बतासे)माथि केन्द्रीत रहेको मतानमा घटने गरेका र मैले सानैदेखि देखेर आएका घटनालाई म यस तर्फ आकर्षित भएँ र यसको परिकल्पना स्वरुप “मतान” तयार पारेको हुँ । गाउँ घरमा मतानमा खासै चासो रहँदैन तर दिनदिनै त्यसमा विविध घटनाहरु घटिरहेका हुन्छन् । सामाजिक अपाराधिक, यौनिक जस्ता धेरै किसिमका घटना मतानमा हुन्छन् कतिपय त्यै गुपचुप हुन्छन् भने कतिपयले समाजमा गहिरो छाप छोडेर जान्छन् ।

– फिल्मको सुटिङ सोलुखुम्बुमा मात्रै किन ?
फिल्म पूर्णतया ग्रामीण भेगमा केन्द्रीत भएको र फिल्मको कथा अनुसारका कारण यो अधिकांश सुटिङ सोलुको नेचामा नै भएको हो ।

– राष्ट्रिय चलचित्र अवार्डले कत्तिको उत्साह थपेको छ ?
यसले ठूलो फड्को मारेको छ । “मतान”का बारेमा यसअघि हजार जनालाई मात्र थाहा थियो भने अवार्डपछि धेरै नेपालीले यसलाई चिनेका छन् । यो एउटा गौरवको विषय पनि हो । यससँगै चुनौती पनि थपिएको छ । साथै, अवार्डले यसै क्षेत्रमा थप राम्रो गर्ने हौसाला पनि प्रदान गरेको छ ।

– आफै निर्माता, पटकथा, संवाद, मुख्य अभिनय एक्लैले किन ?
आर्थिक पाटोबाट खर्च कम हुन्छ । अर्कोतर्फ आफैसँग क्रियशन छ भने किन नगर्ने भन्ने लाग्यो त्यसैले आफैले काम गरेको हुँ ।

– फरक धारको चलचित्र चल्दैन भन्छन् नि ?
यो सत्य कुरा हो । चलचित्र मात्रै होइन, जुनै कुरा फरकधारको काम गर्दा चुनौति अवश्य हुन्छ । तर, च्यालेन्ज स्वीकारेर गरेर देखाउनु प्रमुख कुरा हो । पछिल्लो समयमा फरक धारका चलचित्रले यत्ति राम्रो व्यापार गरेका उदाहरण छन् केही समय अघिसम्म पुरानै धारका चलचित्र मात्र चल्थे भने अहिले दर्शकको रोजाई फेरिएको छ ।

– चलचित्रप्रति कतिको आशावादी हुनुहुन्छ ?
राष्ट्रिय अवार्ड पाइसकेको चलचित्रका कारण यसले व्यवसायीक रुपमा पनि सफलता प्राप्त गर्छ भन्ने लागेको छ ।

 

 

– चलचित्र विकास बोर्डको नयाँ नियमप्रति तपाईको धारणा के छ ?
क्रियशनलाई खासै अंकुश चाहि लगाउनु हुँदैनथ्यो भन्ने मेरो मान्यता हो । तर जसले पायो त्यसले जेपायो त्यही बनाउने सिलसिला बढेपछि नयाँ नीति आएको हुनसक्छ । केही हदसम्म यो जायज हो । तर व्यक्तिको क्षमता पूर्णतया बन्देज गर्नुहुँदैन ।

– फिल्ममा लगानी कति भयो ?
प्रदर्शनमा आउँदासम्म ४० लाख बढी खर्च हुने अनुमान छ ।

– फिल्ममा सबै नयाँ अनुहार हुँदा पनि व्यवसायमा असर पर्छ भन्ने छ नि ?
यसमा सबै नयाँ कलाकार पनि छैनन् । स्थापित कलाकार नै हुनुहुन्छ, नायिका विनिता घिमिरे, सुरवीर पण्डित, विनोद श्रेष्ठ, टुपेन मगर, बबिन राई आदि यस अघि चलचित्र क्षेत्रमा चर्चा कमाईसकेका कलाकारहरु हुन ।

– दर्शकले कहिलेसम्म हलमा हेर्न पाउँछन् ?
भदौ २६ गते च्यारेटी सो हुँदैछ । त्यसअघि २०७१ चैत १२ गते एउटा च्यारेटी सो गरिएको थियो । अब हङकङ, कोरिया र युकेमा पनि च्यारेटी सो गर्ने तयारीमा छु । सम्पूर्ण च्यारेटी सो सकाएर तिहारपछि हलमा लगाउने सोचमा छु ।

– अन्त्यमा ?
नेपाली चलचित्र, मौलिक चलचित्रलाई माया गरिदिनुहोस । तपाईहरुको माझमा आउँदैछु । फिल्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘सभामुखको कुर्सीले सीमाभित्र रही सही जे हो त्यो काम गर्ने हो’ : सभामुख देवराज घिमिरे

‘सभामुखको कुर्सीले सीमाभित्र रही सही जे हो त्यो काम गर्ने हो’ : सभामुख देवराज घिमिरे

वि.सं.२०८० माघ ५ शुक्रवार ११:३२

  सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति...

हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?

हुने नहुने काम गर्ने अनि दोष चाहिँ हर्क साम्पाङको टाउकोमा लगाउने ?

वि.सं.२०८० भदौ २० बुधवार १३:३७

  पछिल्लो समय मन्दिर छेवैमा बनेको चर्च र गाईगोरुको विवादले...

नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ: प्रधानमन्त्री

नेपाल-भारत सम्बन्धलाई हिमालयको उचाइसम्म पुर्‍याउनुपर्छ भन्ने जसरी राखियो, त्यसले नयाँ सन्देश दिएको छ: प्रधानमन्त्री

वि.सं.२०८० जेठ २० शनिवार १५:५६

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन्...

मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु: प्रधानमन्त्री

मैले हिजोका गलत ‘सेटिङ’ धेरैतिर भत्काएको छु: प्रधानमन्त्री

वि.सं.२०८० जेठ १६ मंगलवार ०८:३६

  नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा जेठ...

हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

हाईड्रोपावरबाट उमाकुण्डबासीहरु लाभान्वित हुनुभन्दा बढी गुनासो मात्रै आउने गरेको छः उपाध्यक्ष साबित्री सुनुवार (भिडियो सहित)

वि.सं.२०७९ चैत ४ शनिवार १७:२६

  - उमाकुण्ड गाउँपालिकामा तपाई जनताबाट जनप्रतिनिधिको रुपमा चुनिएर आएको...

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ: राजेन्द्र लिङ्देन

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ: राजेन्द्र लिङ्देन

वि.सं.२०७९ पुस १० आइतवार १२:२६

  लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको...