YouTube Link

नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया अगाडि बढ्यो

Facebook Link

काठमाडौं:  नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया अगाडि बढाइएको छ ।  कोभिड महामारीका कारण रोकिएको नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया अगाडि बढाइएको हो ।

 

कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) ले तोकेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली कामदार कोरिया पठाइने वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

 

कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको ईपीएस शाखाले जनाएको छ। अक्टोबरमा सीधा उडानको सम्झौतापछि नियमित उडान हुने र एचआरडीले अन्तिम छनोट गरेका नेपाली कामदार पठाउन सुरु गरिने शाखाले जनाएको छ।

 

मापदण्डअनुसार नेपालबाट जाने कामदारको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले व्यहोर्नुपर्नेछ।

 

दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले शिखर, प्रिमियर, अजोड, एनएलजी, आइएमई र प्रभु इन्स्योरेन्स कम्पनी छनोट गरिसकेको छ। यी कम्पनीले कोरिया जाने कामदारको ५ हजार डलरसम्मको कोरोना बीमा गर्नुपर्नेछ।

 

कोभिडका कारण २ वर्षयता कोरियाको रोजगारी ठप्प छ। भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार नेपाली कामदार कोरिया जान पाएका छैनन्।

 

यो पनी पढ्नुहोस् :

नबिल बैंक र वुमन लिडरसिप फोरमबीच अन्तर्क्रिया

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...