काठमाडौं महानगरपालिकामा आइतबारदेखि विद्यालय खुला हुने
वि.सं.२०७८ असोज ७ बिहीवार १७:५०
2.4K
shares
काठमाडौं: काठमाडौं महानगरपालिकामा आइतबारदेखि विद्यालय खुला हुने भएका छन् । काठमाडौं महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारबाट भौतिक उपस्थितिमै विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।
भौतिक उपस्थितिमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर सोहीअनुसारको कार्ययोजना बनाई महानगरमा पेस गर्नुपर्नेछ । सोही कार्ययोजनाअनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ।
विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउनुपर्नेछ।
शिक्षक, कर्मचारी, चालकलगायत सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ । खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था गर्नेछ।
यसरी भौतिक रुपमा विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ। धेरै विद्यार्थी छन् र अभिभावक विद्यालय खोल्न तयार छैनन् भने त्यस्ता विद्यालय खोल्न बाध्यकारी नहुने पनि शिक्षा शाखाले जनाएको छ।
यो पनी पढ्नुहोस् :
नेपाली कामदारलाई दक्षिण कोरिया पठाउने प्रक्रिया अगाडि बढ्यो
वि.सं.२०७८ असोज ७ बिहीवार १७:५०



















