काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बियो
वि.सं.२०७८ भदौ ८ मंगलवार १७:४१
काठमाडौं: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ ।
आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सीडीओ पराजुलीका अनुसार राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।
८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनलाई कोभिड प्रोटोकल पालना गरेर चलाउन पाइने भएको छ ।
यो पनी पढ्नुहोस् :
कुलमान घिसिङलाई पुनः नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज
वि.सं.२०७८ भदौ ८ मंगलवार १७:४१