YouTube Link

सिभिल बैंकले आफ्नो ११५ औं शाखा संचालनमा ल्यायो

Facebook Link

काठमाडौं:  सिभिल बैंकले आफ्नो ११५ औं शाखा संचालनमा ल्याएको छ। बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औं शाखा संचालनमा ल्याएको हो ।

 

सिभिल बैंकले आफ्नो ११५ औं शाखा उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरेको थियो । बैंकको उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गर्नु भएको छ ।

 

उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नका साथै वित्तीयस्तर बढाउन यस शाखाले टेवा पुर्याउने बताउनु भयो ।

 

व्यापार–व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दालाई आफूलाई आवश्यक पर्ने पुँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गर्नु भएको छ ।

 

सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङका प्रमुख भोलाबहादुर बिष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताउनु भयो ।

 

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालभर छरीएका ११५ शाखाहरु गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्घ रहेको हाल विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीको विशम परिस्थितिमा बजारमा प्रदान गरिएको ब्याजदरभन्दा सिभिल बैंकले सर्वाधिक व्याजदर प्रदान गरिँदै आएकोले यसको लाभ उठाउन अपिल गरे।

 

बैंकले हालसम्म करिब ६ लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ८६ एटीएममार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै करिब रु. ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।

 

यो पनी पढ्नुहोस् :

बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...