युरोपेली फुटबल महासंघले उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक
त्यसैगरी महिलातर्फ जेन्निफर हर्मोसो, लिके मार्टिन्स र लेक्सिया पुटेल्लास
वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:५०
1.9K
shares
एजेन्सीः युरोपेली फुटबल महासंघ (युईएफए)ले वर्षको उत्कृष्ट फुटबल खेलाडीहरुको अन्तिम मनोनयन सार्वजनिक गरेको छ ।
पुरुषतर्फ चेल्सीबाट खेल्ने इटालीका जर्जिन्हो र फ्रान्सका एन गोलो कान्टे तथा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिड डि ब्रुयाने अन्तिम सुचीमा परेका छन् ।
चेल्सीका जर्जिन्हो र कान्टे च्याम्पियन्स लिगको उपाधि जित्ने मुख्य खेलाडी हुन् ।
सिटीले प्रिमियर लिग उपाधि उचाल्दा बेल्जियमका केभिन डि ब्रसनो प्रमुख हिस्सा हुन ।
त्यसैगरी महिलातर्फ जेन्निफर हर्मोसो, लिके मार्टिन्स र लेक्सिया पुटेल्लास मनोनयनमा परेका छन् ।
युरोपेली फुटबल महासंघले गरेकाे मनाेनयमा उत्कृष्ट प्रशिक्षकको दौडमा म्यानचेस्टर सिटीका पेप गार्डीओला, चेल्सीका थोमस टुचेल र इटलीका प्रशिक्षक रोबर्टो म्यान्सिनी छन् ।
प्रशिक्षक म्यानचेस्टर सिटीका पेप गार्डीओलाले म्यानचेस्टर सिटीलाई लगतार चौथो वर्षमा तेस्रो पटक ईङ्गलिस प्रिमियर लिगको उपाधि जिताएका थिए ।
चेल्सीका थोमस टुचेलले लगातार दोस्रो पटक च्याम्पियन्ससिप लिगमा छुट्टै फरक दुई क्लबबाट लगतार फाईनल पु¥याउने प्रशिक्षक बनेका थिए ।
पहिलो वर्ष पिएसजीलाई फाइनलमा पु¥याएका टुचेलले २०२०–२१को च्याम्पियन्स लिगमा चेल्सीलाई उपाधिमा कब्जा जमाउन लगाए ।
ईटलीका प्रशिक्षक रोबर्टाे म्यान्सिनीले विश्व कप फुटबल २०१८ मा क्वालिफाइ हुन नसकेको
ईटलीलाई युरोकप २०२२को उपाधि नै भित्राएका थिए ।
गत सिजन च्याम्पियन्स लिग फुटबलको फाइनलमा टुचेलको चेल्सीले गार्डीओलाको म्यानचेस्टर सिटीलाई हराएको थियो ।
यता, इंलिस प्रिमियर लिगको उपाधि भने सिटीले जितेको थियो ।
त्यस्तै, म्यान्सिनीको प्रशिक्षणमा इटलीले यसै वर्ष युरोकप फुटबल जित्यो ।
यो पनि पढ्नु होस्ः युइएफए कन्फेरेन्स प्लेअफमा टोटनहम हट्सपर पराजित
वि.सं.२०७८ भदौ ४ शुक्रवार १४:५०



















