YouTube Link

अर्थ समितिले ढुंगाना र साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन

Facebook Link

काठमाडौं:  अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ । अर्थ समितिको शुक्रबार बसेको बैठले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो ।

 

अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसंग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारवाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

बैठकले पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेही प्रवद्र्धन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।

 

समितिले पूँजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानूनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

यसअघि बैठकमा अर्थमन्त्री शर्माले धितोपत्र बोड र नेप्सेले गर्ने कामकारवाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेवित्तिकै ध्यानाकषर्ण भई छानविनका लागि समिति गठन गरिएको जानकारी दिए ।

 

कोरोना सङ्क्रमणपछिको उत्पन्न परिस्थितिका कारण वैकल्पिक लगानीका क्षेत्र बन्द भएपछि शेयरमा जनताको आकर्षण बढेको बताउँदै विद्युत् नियमन आयोगको सूचना बुझेर मात्र सत्यतथ्य बुझेर मात्र लगानी गर्न सर्वसाधारणलाई अर्थमन्त्री शर्माले आह्वान गरे ।

 

समितिमा सदस्यले धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीको शेयर कारोबारसँग जोडिएको प्रकरण नैतिकता र जिम्मेवारीसँग जोडिएकाले त्यसमा संलग्न हुनु गलत कार्य भएको धारणा राखे ।

 

यो पनी पढ्नुहोस् :

सिभिल बैंकले आफ्नो ११५ औं शाखा संचालनमा ल्यायो

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...