YouTube Link

कराँतेका स्वर्ण पदक विजेता कृण्णबहादुर राईको निधन भएको छ

कोभिड–१९बाट संक्रमित

Facebook Link

काठमाडौँः कराँतेका स्वर्ण पदक विजेता कृण्णबहादुर राईको निधन भएको छ ।

आठौं दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालको लागि पुरुष टिम काता तर्फको विधामा राईले स्वर्ण पदक जितेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा पुर्वकराँते खेलाडी दीपक श्रेष्ठले राईको निधन भएको बताए ।

श्रेष्ठका अनुसार कोभिड–१९बाट संक्रमित भए पछि साउन २९ मा राईलाई अस्पताल भर्ना गरिएको थियो ।

नेपाल प्रहरीमा आबद्ध राई आफ्नो खेल जीवन नेपाल प्रहरी क्लबबाट खेल्थ्ये ।

सन् १९९९ मा काठमाडौंमा सम्पन्न साफमा टिम कातामा आफ्नो चुनौती पेस गरेका थिए ।

त्यतिबेला राइको टिममा प्रवीण राना, गोपीलाल बम्जन र विजय लामा थिए ।

त्यस्तै राईले नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदको एकल कातामा स्वर्ण पदक जितेका थिए ।

त्यही गेमाको प्रर्दशनको आधरमा राष्ट्रिय टिममा छनोट भएका थिए ।

त्यसबेला उनले मध्यमअञ्चलका स्वर्ण पदक दाबेदारी गंगाराम महर्जनलाई हराएका थिए ।

नेपालमा आयोजना गरिने आठौं साफ गेममा कराँतेले दक्षिण एसियाली खेलकुदमा पहिलो पटक खेल तालिकामा समावेश भएको थियो ।

नेपालको लागि टिम बनाउने क्रममा प्रशिक्षकले समान उचाइ मिलेका खेलाडीहरु छनोट गरी टिम बनाएका थिए ।

टिममा उचाई मिलेको कारण राईलाई टिम कातामा राखिएको थियो ।

प्रशिक्षक श्रेष्ठले भने, ‘कराँतेका स्वर्ण पदक विजेता राई निकै सिधा र भलादमी थिए ।’

राईका श्रीमती र एक छोरा छन् ।

सिन्धुली बोलञ्चोर गाउँपालिका –७ खुर्कोटका राई ५३ वर्षका थिए ।

यो पनि पढ्नु होस्ः डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जित्यो जर्मन सुपर कप

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...