जापानी टेनिस खेलाडी नाओमी ओसाका तेस्रो चरणबाट बाहिरिइन
सोझो सेटमा पराजित
वि.सं.२०७८ साउन १२ मंगलवार १२:१३
2.4K
shares
एजेन्सीः जापानको राजधानी टोकियोमा चलिरहेको ग्रीष्मकालीन टोकियो ओलम्पिकमा जापानी टेनिस खेलाडी नाओमी ओसाका तेस्रो चरणबाट बाहिरिएकी छन् ।
चेक गणतन्त्रकी खेलाडी मार्केटा भोन्द्रोउसोवासँग ६-१ ६-४को सोझो सेटमा पराजित भएकी थिएन ।
यो हारसाँगै जापानी टेनिस खेलाडी ओसाका प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
जापानी मूलकी खेलाडी ओसाकाले आफ्नो देशमा भइरहेको ओलम्पिकमा देशलाई पदक दिलाउने आशा धेरैले गरेका थिए ।
ओलम्पिकको मशाल जलाउने जिम्मेवारी पनि उनैलाई दिइएको थियो ।
मानसिक अवसादका कारण यस वर्ष ओसाकाले उच्चस्तरीय प्रदर्शन गर्न सकेकी छैनन् ।
अवसादकै कारण उनले पेरिस र विम्बल्डन ओपनबाट नाम फिर्ता लिएकी थिइन् ।
यो पनि पढ्नु होस्ः
टोकियो ओलम्पिक २०२० मा १३ वर्षीया किशोरीले जितिन् स्वर्ण
वि.सं.२०७८ साउन १२ मंगलवार १२:१३




















