YouTube Link

सवारीसाधनको सबै कर अब अनलाइनबाटै यसरी तिर्न सकिने

प्रदेशले यातायात व्यवस्थापन सूचना प्रणाली (TIMS) सञ्चालनमा ल्याएको छ

Facebook Link

काठमाडौं: वागमती प्रदेशमा विद्युतीय माध्यमबाटै सवारीसाधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ ।

 

प्रदेशले यातायात व्यवस्थापन सूचना प्रणाली (TIMS) सञ्चालनमा ल्याएको छ ।

 

नागरिकले घरमै बसेर अनलाइन प्रणालीमार्फत आफ्नो सवारीसम्बन्धी विवरण हेर्न, अद्यावधिक गर्न, प्रदेश सरकारलाई तिर्नुपर्ने करका बारेमा जानकारी लिन सक्नेछन् ।

 

सेवाग्राही स्वयंले नै आफ्नो सवारीसाधन तथा अनुमतिपत्रको दर्ता, नवीकरण, जरिवाना, उल्लङ्घन तथा कर बाँकी बक्यौताको स्थिति आदिको अनलाइनबाटै गर्न सकिने व्यवस्था छ ।

 

मन्त्रालयका अनुसार सवारीधनीले आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्न मन्त्रालयको यातायात व्यवस्था सूचना प्रणालीको वेब पोर्टलमा गई मोबाइल नम्बर भेरिफाई गरी आफ्नो सवारीसाधन सम्बन्धी विवरण प्रविष्टि गर्न सकिने व्यवस्था रहेको छ ।

 

त्यसबाहेक नागरिक एपमा रहेको सवारी कर पोर्टलमा गई आफ्नो सवारी साधनसम्बन्धी विवरण प्रविष्टि गर्न सक्नेछन् ।

 

संघीय सरकारले समेत डिजिटल नेपाल योजना अन्तर्गत सरकारले नागरिक एप सार्वजनिक गरी सवारीसाधन कर एपमार्फत नै तिर्नसक्ने व्यवस्था गरेको हो ।

 

सेवाग्राहीले यातायात व्यवस्था सूचना प्रणालीको वेब पोर्टल वा नागरिक एप जहाँबाट पनि कर तिर्न सक्नेछन् ।

 

हाल वागमती सरकारले कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ । सरकारले विस्तारै राष्ट्र बैंकबाट अनुमति पाएका भुक्तानी सेवामार्फत रकम तिर्न सकिने व्यवस्था गर्नेछ ।

 

कसरी लिने अनलाइन सेवा ?

 

सेवा लिनको लागि वेब ब्राउजरमा ‘https://tmis.bagamati.gov.np’ खोल्नुपर्नेछ । त्यसपछि सवारी धनी लगइन पोर्टल खुल्नेछ ।

 

अनलाइन सेवा सुचारु गर्नको लागि ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्नेछ । त्यहाँ आफ्नो मोबाइल नम्बर राखेर खाता खोल्दा मोबाइलमा म्यासेज आउँछ । त्यस अनुसार लगइन गर्नुपर्नेछ ।

 

लगइनपछि सवारीसाधन प्रोफाइलमा थप गर्ने स्थानमा क्लिक गरी आफ्नो सवारीसाधन दर्ता रहेको विवरण थप गरी प्रोफाइल अपडेट गर्न सकिन्छ ।

 

आफ्नो वास्तविक विवरण नदेखिए पनि आफैँले सच्याउन सकिन्छ ।

 

लगइनको सबै काम सकिएपछि आफूले बुझाउनुपर्ने जम्मा राजस्व रकम देखाउँछ । राजस्व तिर्नको लागि कनेक्ट आईपीएस, इ–सेवा, खल्ती लगायतका भुक्तानी प्रदायकमार्फत कर तिर्न सकिन्छ ।

 

तर कर तिर्नको लागि आफ्नो बीमाको नवीकरण गर्नुपर्छ । बीमाको लागि अनलाइनमार्फत नै आफूले चाहेको कम्पनीसँग गर्न सकिन्छ ।

 

कर तिरेपछि क्यूआर कोर्ड जेनेरेट हुन्छ । ट्राफिक प्रहरीले राजस्व तिरे नतिरेको क्यूआर कोडमार्फत नै हेर्न सक्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...