Rajshow Bivag

सवारीसाधनको सबै कर अब अनलाइनबाटै यसरी तिर्न सकिने

प्रदेशले यातायात व्यवस्थापन सूचना प्रणाली (TIMS) सञ्चालनमा ल्याएको छ

Departmant of helth services

काठमाडौं: वागमती प्रदेशमा विद्युतीय माध्यमबाटै सवारीसाधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ ।

 

प्रदेशले यातायात व्यवस्थापन सूचना प्रणाली (TIMS) सञ्चालनमा ल्याएको छ ।

 

नागरिकले घरमै बसेर अनलाइन प्रणालीमार्फत आफ्नो सवारीसम्बन्धी विवरण हेर्न, अद्यावधिक गर्न, प्रदेश सरकारलाई तिर्नुपर्ने करका बारेमा जानकारी लिन सक्नेछन् ।

 

सेवाग्राही स्वयंले नै आफ्नो सवारीसाधन तथा अनुमतिपत्रको दर्ता, नवीकरण, जरिवाना, उल्लङ्घन तथा कर बाँकी बक्यौताको स्थिति आदिको अनलाइनबाटै गर्न सकिने व्यवस्था छ ।

 

मन्त्रालयका अनुसार सवारीधनीले आफ्नो सवारी साधनसम्बन्धी विवरण अद्यावधिक गर्न मन्त्रालयको यातायात व्यवस्था सूचना प्रणालीको वेब पोर्टलमा गई मोबाइल नम्बर भेरिफाई गरी आफ्नो सवारीसाधन सम्बन्धी विवरण प्रविष्टि गर्न सकिने व्यवस्था रहेको छ ।

 

त्यसबाहेक नागरिक एपमा रहेको सवारी कर पोर्टलमा गई आफ्नो सवारी साधनसम्बन्धी विवरण प्रविष्टि गर्न सक्नेछन् ।

 

संघीय सरकारले समेत डिजिटल नेपाल योजना अन्तर्गत सरकारले नागरिक एप सार्वजनिक गरी सवारीसाधन कर एपमार्फत नै तिर्नसक्ने व्यवस्था गरेको हो ।

 

सेवाग्राहीले यातायात व्यवस्था सूचना प्रणालीको वेब पोर्टल वा नागरिक एप जहाँबाट पनि कर तिर्न सक्नेछन् ।

 

हाल वागमती सरकारले कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ । सरकारले विस्तारै राष्ट्र बैंकबाट अनुमति पाएका भुक्तानी सेवामार्फत रकम तिर्न सकिने व्यवस्था गर्नेछ ।

 

कसरी लिने अनलाइन सेवा ?

 

सेवा लिनको लागि वेब ब्राउजरमा ‘https://tmis.bagamati.gov.np’ खोल्नुपर्नेछ । त्यसपछि सवारी धनी लगइन पोर्टल खुल्नेछ ।

 

अनलाइन सेवा सुचारु गर्नको लागि ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्नेछ । त्यहाँ आफ्नो मोबाइल नम्बर राखेर खाता खोल्दा मोबाइलमा म्यासेज आउँछ । त्यस अनुसार लगइन गर्नुपर्नेछ ।

 

लगइनपछि सवारीसाधन प्रोफाइलमा थप गर्ने स्थानमा क्लिक गरी आफ्नो सवारीसाधन दर्ता रहेको विवरण थप गरी प्रोफाइल अपडेट गर्न सकिन्छ ।

 

आफ्नो वास्तविक विवरण नदेखिए पनि आफैँले सच्याउन सकिन्छ ।

 

लगइनको सबै काम सकिएपछि आफूले बुझाउनुपर्ने जम्मा राजस्व रकम देखाउँछ । राजस्व तिर्नको लागि कनेक्ट आईपीएस, इ–सेवा, खल्ती लगायतका भुक्तानी प्रदायकमार्फत कर तिर्न सकिन्छ ।

 

तर कर तिर्नको लागि आफ्नो बीमाको नवीकरण गर्नुपर्छ । बीमाको लागि अनलाइनमार्फत नै आफूले चाहेको कम्पनीसँग गर्न सकिन्छ ।

 

कर तिरेपछि क्यूआर कोर्ड जेनेरेट हुन्छ । ट्राफिक प्रहरीले राजस्व तिरे नतिरेको क्यूआर कोडमार्फत नै हेर्न सक्नेछ ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...