YouTube Link

इङ्ल्यान्ड र पाकिस्तानबिचको दोस्रो टी-२० खेलमा इङ्ल्यान्ड ४५ रनले विजयी

एक-एककाे बराबरी बनाएकाे छ ‍‍‍

Facebook Link

एजेन्सीः इङ्ल्यान्ड र पाकिस्तानबिचको दोस्रो टी-२० खेलमा इङ्ल्यान्ड ४५ रनले विजयी भएको छ ।

इङ्ल्यान्डको लिड्समा खेलिएको दोस्रो टी-ट्वेन्टी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिलो ब्याटिङ पाएको ईङ्ल्यान्डले शानदार प्रदर्शनी देखायो ।

इङ्ल्यान्डले १९.५ ओभरमा सबै विकेट गुमाएर २०० रन बनाइको थियो ।

कप्तान जोस बटलरले सर्वाधिक ५९ रन जोडेका थिए ।

लियाम लिभिङस्टोनले ३८ रन बनाउँदा अलराउन्डर मोइन अलीले १६ बलमा ३६ रन बनाउन सफल भए ।

पाकिस्तानका सबै बलर महँगो सावित हुँदा मोहम्मद हसनाइनले सर्वाधिक ३ विकेट बटुले ।

त्यस्तै हरिस राउफ र इमाद वासिमले २-२ विकेट लिन सफल भएका थिए ।

जवाफी ब्याटिङमा २०१ रनको लक्ष्य लिएर क्रिजमा उत्रेका पाकिस्तानका ओपनरद्वय कप्तान बाबर आजम तथा उप-कप्तान मोहम्मद रिजवानले राम्रो शुरुवात गरेका थिए ।

रिजवानले ३७ रन बनाउँदा बाबरले २२ रन बनाए ।

अन्य ब्याट्सम्यान सस्तोमै पविलियन फर्किँदा शादाव खानले अविजित ३६ रन खेलेका थिए ।

इङ्ल्यान्डका तिब्र गतिका बलर शकिव महमूदले सर्वाधिक ३ विकेट लिंदा स्पिनरद्वय मोइन अली र आदिल राशिदले २-२ विकेट लिन सफल भए ।

akhabarnepal.com
तस्विर स्राेत: गुगाल फाेटाे

ब्याटिङ र बलिङ दुवैमा शानदार योगदान दिएका मोइन खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए ।

यस जितसँगै इङ्ल्यान्डले तीन टी(ट्वेन्टी खेलको शृंखलामा १-१ को बराबरी गरेको छ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...