च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
देउवालाई विश्वासको मत दिने सांसदलाई के गर्ला ?
वि.सं.२०७८ साउन ४ सोमवार ०९:५९
काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्दैछ ।
आजको बैठक मूलतः पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित हुने भएपनि हिजो आइतबार प्रतिनिधि सभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुने बताईएको छ ।
हिजो बसेको स्थायी कमिटी बैठकले पनि देउवालाई मतदान गर्नेहरू एमाले नरहने चेतावनी दिएको थियो ।
ओली पक्षका पनि ८ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए । एमाले सांसदहरू प्रेम आले, हीरा केसी, पार्वती विशंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले प्रधानमन्त्री देउवाका पक्षमा मत हालेका हुन् ।
वि.सं.२०७८ साउन ४ सोमवार ०९:५९