YouTube Link

अष्ट्रेलियाले क्रिकेट इतिहासमा लगातार चार टि–२० आई सिरिज गुमायो पहिलो पटक

कमजाेर प्रर्दशन गरेकाे अष्ट्रेलिया

Facebook Link

एजेन्सीः अष्ट्रेलियाले क्रिकेट इतिहासमा लगातार चार टि–२० आई सिरिज गुमाएको यो पहिलो पटक हो ।

अक्टोबर नोभेम्बरमा यूएई र ओमानले संयुक्तमा टि–२० विश्वकप आयोजोना गर्दैछन् ।

टि–२० विश्वकपमा सहभागि हुने सबै राष्ट्रले तीव्र तयारी अगाडि बढाएका छन् ।

विश्व क्रिकेटको पावर हाउस मानिने अष्ट्रेलियाले विश्वकप तयारीमा रहेको आफ्नो टि–२० इतिहासकै खराब प्रदर्शन गर्न पुगेको छ ।

अष्ट्रेलियाले शनिबार वेस्ट इन्डिजसँगको पाँच टि–२० आई सिरिज ४–१ ले गुमाएको छ ।

सुरुवाती तीनै खेलमा पराजित भएको अष्ट्रेलियाले चौथो खेलमा चार रनको रोमान्चक जित हात पारेको थियो ।

अन्तिम खेलमा १६ रनले पराजित भएको थियो ।

योसँगै अष्ट्रेलियाले लगातार चार टि–२० आई सिरिज गुमाएको छ ।

अष्ट्रेलियाले आफ्नो टि–२० आई क्रिकेट इतिहासमा लगातार चार टि–२० आई सिरिज गुमाएको यो पहिलो पटक हो ।

अष्ट्रेलियाले इंग्ल्यान्डसँगको तीन टि–२० आई सिरिज गतवर्ष सेप्टेम्बरमा २–१ ले गुमाएको थियो ।

गत डिसेम्बरमा घरेलु मैदानमा भारतसँग तीन टि–२० आई सिरिज २–१ ले गुमाएको थियो ।

गत मार्चमा न्युजिल्यान्ड भ्रमण गर्दै पाँच टि२० आई सिरिज ३–२ ले गुमाएको थियो ।

यसअघि अष्ट्रेलियाले २०१९र२० मा भने लगातार चार टि२० सिरिज जितेको थियो ।

भारतलाई २०१९ मा घरेलु मैदानमा दुई टि–२० सिरिजमा क्लिनस्विप गरेको थियो ।

श्रीलंकाविरुद्ध तीन टि–२० सिरिजमा क्लिनस्विप, दक्षिण अफ्रिकाविरुद्ध तीन टि–२० आई सिरिज २–० र न्युजिल्यान्डसँग तीन टि–२० सिरिज २–१ ले जितेको हो ।

यसअघि २०१२र१३ मा अष्ट्रेलियाले लगातार तीन टि–२० सिरिज गुमाएको थियो ।

२०१२ मा पाकिस्तानसँगको तीन टि–२० आई सिरिज २-१ ले गुमाएको थियो ।

सन् २०१२ को टि२० विश्वकपपछि २०१३ जनवरीमा घरेलु मैदानमा श्रीलंकासँग दुई टि–२० सिरिज क्लिनस्विप बेहोरेको थियो ।

फ्रेब्रअरीमा वेस्ट इन्डिजसँगको एक मात्र टि–२० खेल पनि गुमाएको थियो ।

त्यसैवर्ष इंग्ल्यान्डसँगको दुई टि–२० सिरिज एकमा जितका साथ उपाधि बाँडेको थियो ।

२०२०र२१ मा अष्ट्रेलियाले १६ टि–२० आई खेल खेल्दा पाँच खेलमा जित र ११ खेलमा हार बेहोर्नु परेको छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...