काठमाडौंमा जारी कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम स्थगित
वि.सं.२०७८ साउन १ शुक्रवार १६:४०
काठमाडौं: काठमाडौंमा जारी कोरोना विरुद्धको खोप अभाव भएको भन्दै खोप अभियान स्थगित गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै कोरोना विरुद्धको खोप अभियान स्थगन गरिएको जानकारी दिएको छ ।
असार २९ गतेदेखि काठमाडौंमा भेरोसेल खोप अभियान सुरु गरिएको थियो ।
तर काठमाडौंमा हाल मौज्दात खोप समाप्त भएकाले अर्को सूचना नभएसम्मका लागि साउन २ गतेदेखि खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।
एमाले स्थायी कमिटी बैठकको निर्णय: देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने
नयाँ भेरियन्टसहितको कोरोना महामारी जोखिमका कारण साउन महिनामा पशुपतिनाथ मन्दिर नखुल्ने
वि.सं.२०७८ साउन १ शुक्रवार १६:४०