YouTube Link

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, संशोधन

Facebook Link

काठमाडौं:  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, संशोधन गरेको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको हो ।

 

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन गर्दै धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू गरेको छ । यो संशोधित विनियमावली साउन ३ गते (आइतबार) बाट लागू हुने नेप्सेले जनाएको छ ।

 

नेप्सेले विनियमावलीको विनियम (१२) को उपविनियम (१) मा संशोधन गरेको छ। जसअनुसार अब प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम (१२) को उपविनियम (१) अनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्ने भनी उल्लेख थियो।

 

त्यस्तै नेप्सेले विनियम १३ को उपविनियम (१) मा संशोधन गरेको छ। संशोधित उपविनियमअनुसार अब धितोपत्र व्यवसायीले धितोपत्रको कारोबारका लागि विनियम १२ बमोजिम मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्टी गर्नुपर्नेछ। यसअघिको मूल विनियमावलीको विनियम १३ को उपविनियम (१) मा मूल्य परिवर्तन सीमा प्रविष्ट गर्दा न्यूनतम १ रुपैयाँ वा १ रुपैयाँले भाग जाने पूर्ण अंकमा मूल्य प्रविष्टी गर्नुपर्ने भनिएको थियो।

 

यसैगरी नेप्सेले मूल विनियमावलीको विनियम १३ को उपविनियम (२) संशोधित विनियमावलीबाट हटाएको छ। मूल नियमावलीको विनियम १३ को उपविनियम (२) मा यसअघि जुनसुकै कुरा लेखिएको भए पनि ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्रको कारोबार हुने भएमा १ रुपैयाँभन्दा कम हुने गरी पैसासमेत उल्लेख गरी मूल्य परिवर्तन गरी मूल्य प्रविष्ट गर्न सकिने भनी उल्लेख थियो।

@akhabarnepal.com

 

यो पनी पढ्नुहोस् :

सीताराम गोकुल मिल्क्सले विभिन्न उत्पादनहरु बजारमा ल्यायो

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...