YouTube Link

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Facebook Link

काठमाडौं:  ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने असार ३० गते अन्तिम दिन हो ।

 

‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्रको निष्कासन गत असार २० गतेबाट जारी गरिएको थियो । छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ बन्द हुने भएको थियो। तर असार २३ गतेसम्म मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्बाइएको थियो।

 

धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले एक सूचना प्रकाशित गरी ज्योति विकास बैंकको ऋणपत्रमायो ऋणपत्रमा आज असार ३० गते बैंकिङ समयपछि निष्कासन बन्द गरिने जनाएको हो ।

 

बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।

 

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ६ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ। बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ ।

 

१० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

 

यो पनी पढ्नुहोस् :

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...