तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी
वि.सं.२०७८ असार २८ सोमवार १६:१०
2.8K
shares
काठमाडौं: तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने समझदारी भएको छ । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र SJVN Limited India बीच आज समझदारीपत्र(Memorandum of Understanding-MoU)मा हस्ताक्षर सम्पन्न भएको हो ।
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट SJVN Limited India का अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गर्नु भएको छ ।
पिकिंग रन अफदी रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० मिलियन अमेरिकी डलर(२०१७ को दर रेट अनुसार)रहेको छ । २०७५ चैत्र १५ मा सम्पन्न लगानी सम्मेलनका अवसरमा उक्त परियोजना लगानीकर्ताबीच प्रस्तुत गर्न लगानी बोर्डको ३५औं बैठकले अनुमति दिएको थियो ।
सम्मेलनमा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत परियोजनाका लागि प्राप्त प्रस्तावहरुमध्येबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको प्रक्रिया अबलम्बन गरी २०७७ माघ १६ मा बसेको लगानी बोर्डको ४६औं बैठकले परियोजनालाई निर्माण,स्वामित्वकरण, संचालन तथा हस्तान्तरण( Build, Own, Operate, Transfer-BOOT) ढाँचामा विकास गर्नSJVN Limited Indiaको प्रस्तावलाई छनौट गर्ने निर्णय गरेको थियो ।
२०७८ असार ८ मा बसेको लगानी बोर्डको ४७औं बैठकले उक्त समझदारीपत्रको मस्यौदा स्वीकृत गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई समझदारीपत्रमा हस्ताक्षर गरी सर्वेक्षण अनुमतिपत्र जारी गर्न अख्तियारी प्रदान गरेको थियो ।
समझदारीपत्रमा उल्लेखित कार्यादेश(Terms of Reference) बमोजिम विकासकर्ता कम्पनीले समझदारीपत्रमा हस्ताक्षर भएको मितिले २ वर्षभित्र विस्तृत परियोजना अध्ययन (Detailed Project Study ) सम्पन्न गरी लगानी बोर्डमा स्वीकृतिको लागि विस्तृत परियोजना प्रतिवेदन(Detailed Project Report )पेश गर्नु पर्नेछ ।
यो पनी पढ्नुहोस् :
वि.सं.२०७८ असार २८ सोमवार १६:१०


















