YouTube Link

दुधकोशी जलविद्युत आयोजनाकोलागि जग्गा प्राप्तिको प्रक्रिया

Facebook Link

काठमाडौं:  दुधकोशी जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि सरकारले प्रक्रिया अगाडी बढाएको छ । ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको लागि जग्गा प्राप्ति गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले १५ दिने सूचना निकालेको हो ।

 

जिल्ला प्रशासन कार्यालय खोटाङले प्राप्ति गर्न लागेको जग्गाको सुची सार्वजनिक गर्दै यदि कोहि जग्गाधनीलाई आफ्नो जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भए कारण सहित बाटोको म्याद बाहेक १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

 

खोटाङ जिल्लाको रावाबेंशी गाउँपालिका र ऐशेलुखर्क गाउँपालिकाको ५ हजार जना बढीको नाममा रहेको जग्गा पूरा अथवा आंशिक रूपमा साथै जग्गामा रहेका घर, गोठ, टहरा तथा रुखबिरुवा समेत स्थायी रूपमा प्राप्त गरिने कार्यालयले जनाएको छ ।

 

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतका दाबीका लागि जिल्ला प्रशासन कर्यालय मार्फत गृह मन्त्रालयमा उजुर गर्न सूचनामा आग्रह गरिएको छ  ।

 

सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गाहरू रोक्का हुने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउनुहुन कार्यालयले आग्रह गरेको छ।

 

उल्लेखित कित्ता नं. जग्गा कित्ताकाट भएको वा उक्त कित्ताको जग्गाधनीको नाम फरक पर्न गएमा  आफूसँग भएको जग्गाको प्रमाण पेस गरेको खण्डमा सोही बमोजिमको कित्ता जग्गा यकिन हुने सूचनामा उल्लेख छ।

 

कैफियतमा स्रेस्ता कायम नभएका कित्ताका जग्गाधनीहरूले रीत पुर्याई आफ्नो नाममा स्रेस्ता कायम गरिने उल्लेख छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने कार्यालयले जनाएको छ  ।

 

गत जेठ १५ मा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेट बक्तब्यमा ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजना निर्माण शुरु गरिने उल्लेख छ । आयोजनाबाट खोटाङ,ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ।

 

उक्त आयेजनाबाट वर्षा याममा २ अर्ब ८ करोड  तथा सुख्खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

 

आयोजनाका लागि २२० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ किलोमिटर, रावाखोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशययुक्त ड्याम (बृहत् ताल) बनाइने डिपिआरमा उल्लेख छ । आयोजना निर्माण हुँदा एक हजार ५० घरपरिवारको खेतीयोग्य जमीन डुबानमा पर्नेछ ।

 

१ अर्ब ५२ करोड अमेरिकी डलर (झण्डै १ अर्ब ६० अर्ब) लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दुधकोशी आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

 

यो पनी पढ्नुहोस् :

तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...