हेर्नुहोस् तपाईको आज २०७८ असार २६ गते शनिबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार २६ शनिवार ०६:०५
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ग्रहहरुले सहयोग गर्नेछन । आत्मबल बढनेछ, प्रयास गरिएको खन्डमा कार्यहरु सफल हुने, आर्थिक पक्षमा सुधार देखा पर्ने सम्भावना छ । सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, साथीभाइ तथा अन्य सहकर्मीहरुबाट लाभ अथवा प्रशंसा मिल्ने, नोकरीमा पदोन्नति वा स्थाननन्तरण वा कामको सिलसिलामा भ्रमण हुने योग बनेको छ । दीर्घ रोगिहरुले निरोगिता प्राप्त गर्नेछन्, रिस गर्नेहरु निस्तेज हुनेछन्, आफन्तजनसँग सम्बन्ध राम्रो हुने बेला छ । कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, विवाह सम्बन्धि सुखद कुराहरु हुन सक्छन् । आफुभन्दा सानाहरुलाई भने माया र कदर गर्नु होला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मानसिक तनाव दिने खालको अवस्था बन्न सक्छ, आँखा मुख सम्बन्धि समस्या आउने, धनको खती , प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, गृह कलह, मान सम्मानमा कमी, विरोधिरुले दुख दिने । कार्यहरुमा बाधा विलम्ब आउने वा गरेको काम सफल नहुने, स्वास्थयमा समस्या आउने भएकोले खानपानमा ध्यान दिनु पर्नेछ, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिति बन्नेछ । कसै कसैलाई घरबाहिर जानु पर्ने अवस्था आउन सक्छ, विद्यार्थीहरुके पढाइ लेखाइमा समस्या आउनेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन लाभदायी रहनेछ, सकारात्मक विचार र मनोबल उच्च हुनेछ, चिताएको पुग्ने, मन प्रसन्न हुने, धन लाभ हुने, गरेका कार्यहरुमा विजय प्राप्ति, स्वास्थ्यमा सुखद परिणाम आउने, मित्र तथा शुभचिन्तकहरुको साथ र सहयोग मिल्ला, कार्य सफलता, धातु, अन्न तथा वस्त्र लाभ हुने तथा प्रतिस्पर्धीहरु किनारा लाग्नेछन्, भौतिक सुख, उत्तम भोजन तथा शैया सुख, आदर सत्कार, मान सम्मान यश प्राप्ति, कुटुम्ब, कसै कसै लाई भने उपहार आदि प्राप्ति हुने तथा गोप्य संसर्गको पनि योग देखिएको छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मेहनतले उचित प्रतिफल नदेला, आलस्यता बढने, जोश जाँगरमा कमि आउन सक्ने, मानसिक खिन्नता बढने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च भइदिने, पारिवारिक कलह समस्या बन्न सक्छ । नजिकका मानिसहरुबाट बेवास्ता वा अपमान बेहोर्नु पर्ने सम्भावना बन्न सक्ला, कसै कसैलाई दुषित ग्रहको कारणले शोक पर्न सक्ने अथवा विछोडिनु पर्ने पनि हुन सक्छ । हानी नोक्सानी, दुर्घटना को सम्भावना भएकोले यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, थकानले शारिरिक कष्ट बढाउने र संक्रामक रोगहरुबाट बच्नुपर्नेछ । विद्यार्थीहरुको लागि समय कठिन छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन शुभ रहने छ, उत्तम कुराहरुको प्राप्ति हुन सक्ने योग छ, धनको वृद्धि वा धन लाभको लागि प्रयास गर्नुहोला, गरेका कार्यहरुले सफलता र यश दिलाउँनेछ, आय वृद्धि को नयाँ बाटो फेला पर्न पनि सक्छ, नयाँ पद वा फरक जिम्मेवारीको पनि सम्भावना छ, मान सम्मान, बन्धुसुख, स्त्रि सुख मिल्ने, कुटुम्बहरुसँग भेटघाट हुने अथवा उनीहरुले सहयोग गर्लान, अथवा मित्र तथा भाइ बहिनीहरुको साथ र सहयोग पाइने खालको दिन छ । प्रेम तथा विवाहको क्षेत्रमा राम्रो समय छ, व्यापारी वर्गलाई दिन अनुकुल रहनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रगतिका अवसरहरु आउने छन्, नयाँ विचार र आत्मविश्वासले नयाँ विषयतर्फ मन डोरयाउने छ । उदार र प्रसन्न मन भइ सबैसँग मैत्रिभाव बढने छ, चिताएका कामहरुमा सफलता पाइने छ, आफ्नो प्रयासले स्थान पाउने वा नयाँ अधिकार प्राप्त हुने, कर्म क्षेत्रमा सम्मान वा प्रंशसा पाइने वा अरुले तँपाइको कदर गर्ने, पारिवारिक खुशीमा रमाइने योग छ । स्वास्थ्य राम्रो रहने, मान्यजनहरुको सहयोग पाइने भएकोले आज आफनो क्षमताको पूर्ण सदुपयोग गर्नु भएको खन्डमा कुनै विशेष उद्देश्य पूरा हुन सक्छ । कसै कसैलाई आध्यात्मिक कुरा, तथा सत्मार्ग तिर मन जान सक्ला । गर्भवतिहरुले भने विशेष सावधानी अपनाउनु पर्नेछ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मेहनत गरे अनुसार फल नपाइन सक्छ, कुनै कुराले मनमा छटपटि हुन सक्ला, वादविवाद वा मनमुटावको सम्भावना छ, धनको अनावश्यक क्षय, अरुले पिडा दिने, कष्ट पाइने योग छ, परिस्थितीको बन्धनमा बाँधिएको महसुस हुनेछ, जागिरमा हुने हरुलाइ उच्चाधिकारीहरुबाट समस्या आउने वा मानभंग हुने खालको अवस्था नआउला भन्न सकिँदैन, कसै कसैलाई पद तथा जिम्मेवारी हेरफेर हुने वा मुक्त हुने सम्मको अवस्था आउन सक्छ, कानुनी तथा प्रशासनिक झमेलाबाट टाढा रहनु पर्नेछ । स्वास्थ्य सम्बन्धि शारिरिक समस्याहरु आउन सक्छ । पेटसम्बन्धि वा अन्य कुनै पुरानो रोग छ भने विशेष सावधान हुनु होला ।
केहि कुराको भय अथवा चिन्ताले सताउन सक्छ, कार्यमा बिध्नबाधा तेर्सिएला, व्यर्थको श्रम गर्नुपर्ने अवस्था आउन सक्छ, आफन्तजनसँग कलह तथा मनमुटावको अवस्था नबल्ला भन्न सकिन्न । धन हानी वा धनको दुरुपयोग हुने सम्भावना छ, शारिरिक कष्ट, कानूनी समस्या वा झमेला, अपमान, मित्र घात, दुर्घटना तथा घाउचोटपटक को सम्भावनाको साथै केहीलाई कष्टदायी भ्रमण गर्नुपर्ने हुन सक्छ, कुनै खराब घटनामा मुछिने वा अरुले फसाउने अवस्था तर्फ भने सचेत रहनु होला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लाभकारक तथा सुखदायी खालको दिन रहनेछ । आर्थिक लाभ, धनको आगमन, द्रव्य वा वस्त्र लाभको सम्भावना यथावतै छ, मान सम्मान, प्रशंसा, कदर आदि प्राप्त हुने । पूजा, अनुष्ठान वा अध्यात्ममा रुचि बढने, उत्तम निद्रा तथा विशेष परिकारजन्य भोजन हुने, धनको वृद्धि, स्त्रिवर्गसँग प्रेम, दाम्पत्य सम्बन्ध सुमधुर बन्ने तथा वैवाहिक सुखको प्राप्तिको योग छ, भाइ बहिनी अथवा कम उमेरको मानिसबाट लाभ हुने वा उनीहरुबाट सहयोग पाइनेछ । स्वास्थ्य उत्तम रहने वा रोगव्याधिको असरमा सुधार आउने, कसै कसैलाई सवारी सुख वा वाहन प्राप्तिको पनि योग बनेको छ, अथवा भोग विलासिता साधन जुटने वा भौतिक संशाधन सम्बन्धित कुराहरुको खरिद हुन सक्ने सम्भावना छ । व्यापार व्यवसायमा साझेदारीको लागि राम्रो दिन छ, लगानीलाई दिन ठिक छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मन आज कुनै कुराले खुशी हुनेछ । मान सम्मान पाइने, पारिवारिक सुखमा वृद्धि हुने । कार्य क्षेत्रको गतिरोध हटने, धन तथा सुख सन्तोषको प्राप्ति, परिक्षा प्रतियोगितामा सफलता हात लाग्ला, मानसिक तनावमा कमी आउला । साथै बिरामी हुनुहुन्छ भने स्वास्थ्यमा सुधार भइ शारिरिक निरोगिताको महसूस हुनेछ । मित्र, शुभचिन्तक अथवा महिलाहरुसँग को सहकार्य, भेटघाट, वार्तालापले लाभ प्राप्त होला, प्रेमी वा मनपरेको मान्छेसँग भेट हुने सम्भावना पनि छ, कसै कसैलाइ आज आफनै घरमा वा निजी कामले व्यस्त बनाउन सक्नेछ । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने अलि नियन्त्रण राख्नुहोला ।
बेलुकासम्म धैर्य गर्नुपर्नेछ, धन को अभाव महसुस होला, मन अशान्त रहनेछ, सोचे गरेका कार्यहरुमा बिध्न बाधाहरु आइदेलान, व्यर्थमा दुख पाइने, धन वा कुनै मनपर्ने वस्तुको खति हुने अथवा अपयशको भागि हुनु पर्ने सम्मको योग देखिएको छ स्वास्थ्य स्थिती खस्कन सक्छ , हेलचेक्रयाइ नगर्नु होला । कसै कसैलाई मुड बदलिइरहने, झर्किने वा झोक्किने सम्मको अवस्था आउन सक्छ, सात्विक भोजन गर्ने अनावश्यक सम्पर्क र बोलचाल र कुनै पनि कुराको आसक्तिबाट बच्नु भएमा दिन सहज बन्न थाल्नेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन प्रतिकुल रहला, आत्मविश्वासमा कमी आउने अवस्थाबाट गुज्रिनु पर्ने हुन सक्छ, कार्यहरुमा हानीका सम्भावना देखिएको छ । धन हानी, पारिवारिक तथा मानसिक सुखमा कमी, मन त्रसित रहने, खानपान तथा निद्रामा असुविधा हुने, चित्त चन्चल रहने, निरर्थक चिन्ता र बेचैनिले ग्रस्त भइएला, आफन्त तथा नजीककाहरुसँग मनमुटाव वा विवाद हुने वा बन्धु बान्धवलाई पीडा हुने सम्भावना छ, शारिरिक अस्वस्थता वा कमजोरीले समस्या बल्मिन सक्छ, कसै कसैलाई श्वासप्रश्वास, छाती वा छातीजन्य समस्या आउन सक्ने भएकोले सावधानी अपनाउनु होला ।