हेर्नुहोस् तपाईको आज २०७८ असार २० गते आईबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार २० आइतवार ०६:०४
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन अनुकुल रहनेछ । ग्रहहरुले सहयोग गर्नेछन, पारिवारिक तथा घरायसी सुख प्राप्ति, आत्मविश्वासमा वृद्धि, मानसिक अशान्ति र छटपटिमा कमी आउने थाल्नेछ । अनावश्यक खर्च तथा झंझटबाट राहत मिल्नुको साथै रोग व्याधिबाट ग्रस्त हुनेहरुले विस्तारै मुक्ती पाउनेछन । रमाइलो जमघट वा खानपान हुने तथा शारिरिक सुखमा इच्छा जाग्न सक्छ । प्रयासरत् हुनुहुन्छ भने व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने सम्भावना पनि बनेको छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जोश जाँगरमा कमी आई आलस्य बढन सक्ने, नचाहेको ठाउँमा खर्च हुने । धनको नोक्सानी, मान सम्मानमा कमी आउने वा कसैबाट मन दुख्ने अवस्था पनि आउन सक्छ, सन्तान पक्ष बाट चिन्ता थपिन सक्छ । कसै कसैलाई कष्ट वा शोक पर्ने र कानूनी झमेला लाग्न सक्ने योग भएकोले सावधान रहनु पर्नेछ, स्वास्थ्य तथा खानपानमा ध्यान दिनुहोला । व्यापार व्यवसायीहरुलाई लगानीको लागि दिन राम्रो छैन । वैदेशिक यात्रा वा वैदेशिक कामकाजको लागि भने दिन शुभ रहने छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन प्रसन्न गराउने खालको दिन रहन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा चाहेका कुराहरु हुने वा बिस्तारै बन्न थाल्ने छन्, गरिएका प्रयासहरुले विविध लाभ दिनेछ । मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा पाइनेछ । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कुनै पनि नयाँ कार्य वा महत्वपूर्ण कार्य थालनी हुने अथवा योजना बन्न सक्ने सम्भावना छ । प्रयास जारी राख्नु होला । व्यापार व्यवसायमा पर्याप्त लाभको योग छ, लगानीको लागि पनि समय राम्रो रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन राम्रो रहने छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्य स्थलमा सफलता मिल्नेछ, रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन, मान सम्मान, कदर वा बढुवा को सम्भावना छ । आफूभन्दा माथिकाहरुले तँपाइको कदर गर्नेछन् । सार्वजनिक, राजनैतिक क्षेत्रमा हुनेहरुलाइ विशेष अवसर प्राप्त हुन सक्छ । पारिवारिक विवाद र मानसिक तनाबबाट भने आज बच्नु पर्नेछ । परिवारका बृद्ध सदस्यहरुको स्वास्थ्यको ख्याल गर्नुहोला । घाउ चोटपटकबाट भने जोगिनु होला । विद्यार्थीहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा राम्रो उपलब्धि प्राप्त हुने सम्भावना छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यले साथ नदिएको जस्तो अनुभव हुनेछ, चिन्ता, कलह, आर्थिक नोक्सान, पारिवारीक समस्या, विवाद र झगडा आदि बाट जोगिनु पर्नेछ, प्रशासनिक झंझट र बाधा ले मनमा तनाव दिन सक्छ, कुनै अपठ्यारो समस्याको सामना गर्नुपर्ने, सन्तान सँग मतभेद हुने अथवा सन्तानको स्वास्थ्यमा समस्या आउन सक्ला । आफनो स्वास्थ्य सम्बन्धि पुरानो समस्यालाइ हेलचेक्रयाइ नगर्नुहोला । दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुन सक्ने वा मान प्रतिष्ठा मा धक्का लाग्ने अथवा बन्न आँटेको काम विग्रने सम्भावना भएकोले आज सावधान रहनु होला । लगानीको लागि आज दिन राम्रो छैन ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, सुखमा कमी आउला, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिन सक्ने, समयमै कामहरु नबन्ने, खानपान नमिल्ने वा खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ, विशेष गरि रुघा खोकी, निमोनिया, श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनु पर्नेछ, कसै कसैलाई नेत्र पीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, कुनै पनि प्रकारको कलह र विवादबाट आज बच्नुभएमा दिन तुलनात्मक रुपमा सजह रहला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन राम्रो रहनेछ । मन प्रसन्न रहने, पारिवारिक तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने दिन छ, भोग विलास र मनोरन्जन सुख, वाहन सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने, धनलाभ वा वस्तु लाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइने छ । विद्यार्थी वर्गहरुलाइ दिन राम्रो रहने छ । व्यापार व्यवसायमा लाभ मिल्ने अवस्था आएको छ । नयाँ कार्यमा ध्यान जाने वा लगानी हुन सक्नेछ ।
दिन उत्साहजनक रहनेछ । धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोधहरु हटने, मानसिक तनावमा कमी आउने, शत्रूहरु पराजित हुने , मान सम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने । महिलाहरु सँगको सम्पर्क र सहकार्य बढने सम्भावना छ । विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ । अनावश्यक खर्चमाथि भने ध्यान दिनुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधानि अपनाउनु पर्ने खालको दिन छ । निर्णयहरु गलत हुन सक्ने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थ्य हानी विशेषत पेट सम्बन्धि समस्या छ भने बल्झिन सक्छ । सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ । यात्रामा कष्ट तथा दुर्घटना को संभावना भएकोले सावधान हुनुहोला । कार्यक्षेत्रमा असफलता, दाम्पत्य तथा प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने योग छ । कसै कसैलाई कामुकता वा रसिकपना बढेर मन डिस्टर्ब हुनेछ । विद्यार्थीहरुको पढाइमा समस्या आउन सक्ने सम्भावना छ , व्यापारी तथा व्यवसायी वर्गहरुलाइ त्यति अनुकुल नहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वास घटनेछ । निरर्थक चिन्ता र बेचैनीले सताइरहन सक्छ, विश्वासको संकट पर्न सक्छ, आफन्त वा नजीकका मान्छेहरुसँग कुरा नमिल्ने, शारिरिक कमजोरी महसुस हुने, छातीजन्य तथा श्वासप्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्ने, स्त्रि सुखमा कमी आउने, निद्रा तथा खानपानको गडबडीले तथा मौसमी असरले स्वास्थ्य स्थिती खस्किन सक्छ, स्त्रि वर्गबाट भने सावधान रहनु होला, व्यवसाय तथा अफिसमा गतिरोधको सामना गर्नुपर्ने हुन सक्छ । लगानीलाइ समय प्रतिकुल छ ।
भाग्यले साथ दिनेछ । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रुमाथि हावी भइने छ, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने बेला छ । वैवाहिक समस्या समाधान तिर जानेछ । कसै कसैलाई यात्रा वा भ्रमणको स्थिति बन्न सक्छ, प्रेमी जोडिको लागि समय राम्रो छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ, लगानीलाइ आज दिन राम्रो छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन प्रतिकुल रहन सकछ, कार्यहरुमा बाधा आउन थाल्ने, धनको नोक्सानी, अपमान हुन सक्ने र अरुले तँपाइलाई नबुझिदिने अवस्था पनि आउन सक्छ । धन संचितीमा बाधा आउने, अनावश्यक खर्च भएर मानसिक तनाव बढन सक्ला, व्यापार व्यवसायमा घाटा हुन सक्छ । आँखा वा अनुहारमा समस्या आउन सक्ने, खानपानमा समस्या देखा पर्ने, पढाइ लेखाइमा मन नलाग्ने कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति पनि बन्न सक्छ । मनमा खराब प्रवृत्तिको विचार आउने तर्फ सचेत हुनुहोला ।