Rajshow Bivag

सिमरामा एमालेका दुई पक्षबीच झडप हुँदा ६ जना घाइते

Departmant of helth services

 

काठमाडौं: बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा (एमाले) का दुई पक्षबीच  भएको झडपमा परी ६ जना घाइते भएका छन् ।

 

वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप हुँदा  वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका हुन् ।

 

झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यस्तै मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

घटनामा संलग्न रहेको आरोपमा  बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।

 

वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ । एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुनः एमालेमा फर्किएका थिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:०३

  काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर...