Rajshow Bivag

असार मसान्तभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

Departmant of helth services

 

भक्तपुर: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको ।

 

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

 

राष्ट्रिय परीक्षा बोर्ड एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

 

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

 

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

 

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

 

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४१

  काठमाडौं: संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई...

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसको नयाँ वर्ष शुभ-कामना आदान प्रदान सहित चियापान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:४५

  काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिका नेपाली कांग्रेसले नयाँ वर्ष २०८१...

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ४ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:४९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...