आज एसईईको नतिजा प्रकाशित हुने
वि.सं.२०७८ साउन २३ शनिवार १३:०९
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।
कोरोना महामारीका कारण प्रभावित भएको एसईई २०७६ र २०७७ दुबै सालमा विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता दिँदै आएको छ ।
आज प्रकाशित हुने एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।
बोर्डले एसईईको नतिजा केही प्राईभेट कम्पनीबाट पनि हेर्न मिल्ने जनाएको छ । बोर्डका अनुसार इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र जानकी टेक्नोलोजी प्रालिमार्फत एसएमएस गरेर हेर्न मिल्ने छ ।
यस्तै नेपाल टेलीकम र एनसेलबाट १६०० एसएमएस गरेर थाहा पाउन सकिन्छ ।
वि.सं.२०७८ साउन २३ शनिवार १३:०९