पाठ्यक्रम विकास केन्द्रले विद्यालय र प्रकाशकलाई स्पष्टीकरण सोध
वि.सं.२०७८ असार १४ सोमवार १३:२६
3.5K
shares
काठमाडौं: पाठ्यक्रम विकास केन्द्रले विद्यालय र पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको छ । केन्द्रले नेपालको पुरानै नक्सा प्रयोग गरिएका किताब पठनपाठन गराइरहेका विद्यालय र त्यस्ता पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको हो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नेपालको नयाँ नक्सा समावेश भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू राम्रोसँग हेरी अध्ययन गरी खरिद गर्न विद्यालय, विद्यार्थी तथा अभिभावकहरूलाई केन्द्रले सचेत गराएको छ ।
कक्षा २, ३ र ६ का विद्यार्थीलाई पुरानै नक्सा अंकित पाठ्यपुस्तक पठनपाठन गराउने र तोकिएको विषय बाहेकका सन्दर्भ सामग्री खरिद गर्न अभिभावकहरूलाई बाध्य पारेको अनुगमनका क्रममा देखिएकोले स्पष्टीकरण सोधिएको केन्द्रले जनाएको छ ।
यो पनी पढ्नुहोस् :
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी
वि.सं.२०७८ असार १४ सोमवार १३:२६




















