YouTube Link

राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्टद्वारा नेपालका विपन्न समुदायलाई सहयोग

Facebook Link

विगत पाँच वर्षदेखि राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय (एनटस्ट) ले मानवीय पहलहरू मार्फत नेपालका विपन्न समुदायलाई सक्रिय रूपमा सहयोग गर्दै आएको छ । विनाशकारी भूकम्पपछि नुवाकोट र गोरखामा विपन्न परिवारको लागि आश्रम निर्माण गर्नेदेखि देशभरका अनाथालयहरूलाई सहयोग प्रदान गर्दै आएको छ । एनटस्टले स्थानीय समुदायको उत्थान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता प्रदर्शन गरेको छ ।

 

 

१९७४ मा स्थापित राष्ट्रिय ताइवान विज्ञान तथा प्रविधि विश्वविद्यालय एनटस्ट जसलाई ताइवान टेक पनि भनिन्छ । ताइवानको अग्रणी सार्वजनिक प्राविधिक विश्वविद्यालयहरू मध्ये एक हो । जुन नवप्रवर्द्धन, अनुसन्धान र विश्वव्यापी सहकार्यको लागि प्रसिद्ध छ । शैक्षिक उत्कृष्टतालाई वास्तविक-विश्व प्रभावसँग जोड्ने लक्ष्यका साथ एनटस्टले विश्वभर सीमापार साझेदारी र सामुदायिक विकास परियोजनाहरूलाई अगाडि बढाएको छ ।

 

 

नेपालमा एनटस्टले २०१८ देखि भूकम्पीय पुनर्लाभ, शिक्षा र दिगो जीविकोपार्जन कार्यक्रमहरूलाई सहयोग गर्दै आएको छ । जसले विद्यार्थीको व्यावहारिक संलग्नता, सांस्कृतिक आदानप्रदान र दीर्घकालीन सामुदायिक सशक्तिकरणमा टेवा पुर्याएको छ ।

 

एनटस्टले मनाङको पिसाङमा नयाँ सामुदायिक विकास पहल अन्तर्गत पिसाङ स्टोरी हाउस परियोजना सुरु गरेको छ । सांस्कृतिक र आर्थिक केन्द्रको रूपमा सेवा गर्न डिजाइन गरिएको, पिसाङ स्टोरी हाउसमा स्थानीय रूपमा हस्तनिर्मित उत्पादनहरूको लागि क्याफे र खुद्रा सामाग्री बिक्री बितरण गर्ने स्थानहरु रहनेछ । जसले गाउँलेहरूलाई आफ्नो संस्कृति सम्पदा चिनाउन र आय आर्जन उत्पन्न गर्न लगायत पर्यटकहरूलाई स्वागत गर्न दिगो अवसरहरू सिर्जना गर्नेछ ।

 

 

एनटस्टको एक टोलीले अगस्ट ३, २०२५ मा पिसाङको भ्रमण गरेको थियो जसमा स्वयंसेवकको रुपमा हाल निर्माण भईरहेको सम्पदाको निरीक्षण गर्नुका साथै स्टोरी हाउसमा सहभागी भई टोलीले गाउँलेहरूलाई सडक निर्माणमा समेत सहभागिता जनाएको थियो । जसले गर्दा स्थानीय समुदायसँगको प्रत्यक्ष संलग्नतामा ऐक्यबद्धता जनाएको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...