Texas College
YouTube Link

फेसबुकमा उत्तेजक कपडा लगाएर लाइभ गर्न नपाइने !

Facebook Link

एजेन्सीः फेसबुकमा उत्तेजक पहिरन लगाएर लाइभ तथा विज्ञापन र बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् ।

कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको थियो । उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको दाबी त्यहाँका प्रधानमन्त्री हुन सेनले गरेका छन् ।

यसरी उत्तेजक पहिरनमा फेसबुक लाइभ गर्ने कार्य देशको संस्कृति र परम्पराको उल्लंघन भएको र यसले महिलाविरुद्ध यौन दुव्र्यवहार र हिंसालाई बढावा दिएको दाबी प्रधानमन्त्रीको छ । एकजना महिलाले आफुले उत्तेजक पहिरनमा फेसबुक लाइभ गरेर गलत काम गरेको र संस्कृति र महिलाको मर्यादामा आघात पुर्याएको भन्दै क्षमा मागेकी छन् ।

यस विषयमा फेसबुक कम्पनीले भने कुनै प्रतिक्रिया जनाएको छैन । एम्नेष्टी इन्टरनेशनलले कम्बोडियाका प्रधानमन्त्रीको यस्तो कदम पीडितमाथि उल्टै आक्षेप लगाउने खतरनाक कदम भएको बताएको छ । यस्तो कदमले महिलाविरुद्धको हिंसालाई बढावा दिने र लैंगिक हिंसाबाट बचेकाहरूलाई झनै पीडा दिने एम्नेष्टीको भनाइ छ ।

स्मरण रहोस् कम्बोडियामा महिलामाथि बलात्कारको तथ्यांक निकै डरलाग्दो छ । सन् २०१३ मा राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार २० प्रतिशत कम्बोडियाली पुरुषहरूले आफूले महिलामाथि बलात्कार गरेको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार हुँदै

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:१३

काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट...

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:५५

काठमाडौं: दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका...

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

सामाजिक सञ्जालमा आएको लिङ्क खोल्दै हुनुहुन्छ ? होसियार !

वि.सं.२०८२ साउन २८ बुधवार १०:१०

काठमाडौं: सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक...

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारले निकाल्यो सूचना

वि.सं.२०८१ चैत १३ बुधवार ११:०४

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी...

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

नयाँ-नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण

वि.सं.२०८१ माघ २७ आइतवार १२:२५

काठमाडौं: सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक...