Rajshow Bivag

एमडीएमएसमा दर्ता नभएका मोबाइल सेट आजदेखि नचल्ने

Departmant of helth services

 

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट आजदेखि नचल्ने भएका छन् । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयन गरेको हो ।

 

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहन गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस यसअघि परीक्षणका रूपमा लागू गरेको थियो । आजदेखि भने पूर्ण रूपमा लागू गरिएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणले गत शनिबार सूचना जारी गरी विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको थियो ।

 

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट पुस १५ (आज) देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोहीअनुरूप यकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्तारबिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्नुहुन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...