YouTube Link

प्रधानमन्त्री ओलीलाई संक्रमणबाट जोगाउन चिकित्सकको कडा निगरानी ‘डेन्जर जोन’ बाट निस्किनु भयोः चिकित्सक

Facebook Link

काठमाडौं: मिर्गौलाको सफल प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट आपरेटिभ वार्डमा सारिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो पौने ३ बजे सकिएको थियो ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भीआईबी क्याबिन ६०१ मा भर्ना भएका ओलीलाई शल्यक्रियापछि पोस्ट आपरेटिभ वार्डको आईसीयुमा राखिएको छ । उनलाई मिर्गौला दिएकी भाञ्‍जी समीक्षा संग्रौला ज्ञवालीलाई पनि पोस्ट आपरेटिभ वार्डकै आईसीयुमा राखेर चिकित्सकले निगरानी गरिरहेका छन् । ओलीलाई मृगौला दान गर्ने समीक्षाको स्वास्थ्य अवस्थामा पनि सामान्य रहेको छ ।

प्रत्यारोपणमा संलग्‍न मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री ओलीको साढे ४ बजे होस खुलेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको ‘प्रत्यारोपित मृगौलाले काम गरेको जनाएको छ ।

प्रधानमन्त्रीको आत्मविश्‍वास जस्तै अप्रेशन पनि सफल भएको प्रत्यारोपणमा संलग्न प्रा. डा. प्रेम ज्ञवालीले बताए । डा. ज्ञवालीका अनुसार मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिशाव लाग्‍नुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीको हकमा पनि १५ मिनेटभित्रै पिसाव लागेको उनले जानकारी दिए । १५ मिनेटभित्रै पिसाव लागेपछि चिकित्सकहरुले प्रधानमन्त्री ‘डेन्जर जोन’ बाट बाहिर निस्किएको भन्दै खुसी साटासाट गरेका थिए ।

मिर्गौलाले काम गर्न थालिसकेकाले अबको केही साता चिकित्सकहरुले कडा निगरानी गर्नुपर्ने बताएका छन् । करिब ८ सय जनाको मिर्गौला प्रत्यारोपण गरिरसकेको त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रियामा १५ जना भन्दा नेपाली र भारतीय चिकित्सक खटिएका थिए ।

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यरोपणका लागि शल्यचिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोली सहभागी थिए । त्यसैगरि डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधान पनि थिए । उनीहरुसँगै पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरेका भारतीय डा. अनन्त कुमार पनि प्रत्यारोपण टोलीमा थिए । मृगौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिब्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागी थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...