कोरोना भाइरस महामारीमा ८४ मुलुकमा संक्रमण, ३२ सय ५४ को मृत्यु, ९५ हजारभन्दा बढी संक्रमित
वि.सं.२०७६ फागुन २२ बिहीवार ०७:३०
1.3K
shares
काठमाडौं: कोरोना भाइरस महामारीका कारण मृत्यु हुनेको संख्या ३२ सय ५४ पुगेको छ । ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् ।
चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । हाल सबैभन्दा बढी इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो । मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ ।
अमेरिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ । त्यसैगरी जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २/२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १/१ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार ०७:३०



















