YouTube Link

शहरी विकास राज्यमन्त्री मानन्धर नियुक्त भएको सय दिनको यात्रा पुरा {विस्तृत जानकारी सहित}

Facebook Link

काठमाडौं: सरकारले लिएको ‘समृद्ध नेपाल: सुखी नेपाली’ को राष्ट्रिय संकल्पसहितको महाअभियान अन्तर्गत शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले नियुक्त भएको सय दिनको यात्रा पुरा गरेको अवसरमा आफुले गरेको प्रयास र हाल भईरहेको योजना र भविष्यमा हुने योजनाका बारेमा विस्तृत रुपमा जानकारी गराएका छन् ।

विस्तृत जानकारीः

  • काठमाडौं उपत्यकाको फोहर दिर्घकालिन व्यवस्थापनका लागि निर्माणाधिन नुवाकोट र धादिङको सीमानास्थित बन्चरे डाँडा स्यानेटरी ल्याण्डफिल्ड साईटको निर्माणलाई तिब्रता दिन पुस १८ गतेपछि पटक-पटक स्थलगत अनुगमन गरिएको छ । अनुगमनका साथै निर्माण कार्यलाई तिब्रता दिन आवश्यक निर्देशन र बजेट व्यवस्थापनमा सहजीकरण गरिएको छ । यस्तै फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहितको मेसिनको प्रयोगसँगै फोहरलाई छुट्याउने/उर्जा र प्रांगारिक मल उत्पादन गर्ने र नसड्ने फोहरलाई भट्टीमा जलाई निस्किएको धुलोबाट निर्माण सामग्री जस्तै: ईटा/ ब्लक/टायल लगायत निर्माण सामग्री बनाउन सकिने बहुउद्देश्यीय र बहुउपयोगी प्रविधि भित्र्याउनेबारे छलफल अगाडी बढाइएको छ । बन्चरे डाँडामा आगामी नयाँ वर्षदेखि फोहर विसर्जन गर्नेगरी कामलाई तिब्रता दिन आवश्यक व्यवस्था मिलाइएको छ ।
  • आधुनिक युग र प्रविधिको विकाससँगै सबैको चाहना अनुरुपको स्वच्छ, सुन्दर र व्यवस्थीत शहरीकरणको विकासका लागि काठमाडौं उपत्यकाको तीनै जिल्लामा निर्माणाधिन चार नयाँ सहरहरुको डिपीआर लगायत प्राविधिक पक्षहरुको अध्ययन चालु अवस्थामा छ । ति शहर निर्माण आरम्भ गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिईएको छ ।
  • काठमाडौं उपत्यकाको जनघनत्व कम गर्नका लागि उपत्यकासँगै जोडिएका जिल्लाहरुमा नयाँ शहर निर्माण थालनि गर्नका लागि सम्बन्धित पक्षहरुसँग निरन्तर छलफलमा जुटीरहेका छौं । बृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक बैकल्पिक सहर निर्माणको लागि प्रस्तावित टोखा-छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटेहुँदै देबीघाट, रातमाटेहुँदै गल्छीसम्म र थानकोट- नौविसे निर्माणाधिन सुरुङ मार्गको नौविसेदेखि गल्छिसम्मको भू-भागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडी बढाएका छौं । नुवाकोटको छहरेदेखि धादिङको गल्छिसम्मको करीव ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे-बन्चरेहुँदै काठमाडौंको तीनपिप्ले-बालाजु जोड्ने करिब ३० किलोमिटर सहित जम्मा ६५/७० किलोमिटरको उपत्यकालाई उत्तरतर्फको बाहिरी जिल्लाबाट घेर्ने बैकल्पिक राजमार्ग चक्रपथ निर्माणका लागि सम्बन्धित पक्षसँग (सम्बन्धित जिल्लाका संघीय र प्रदेश सांसदका साथै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समेत) समन्वय गर्दै निरन्तर छलफल भइरहेको छ । उक्त राजमार्गमा रहनेगरी नयाँ शहर निर्माणका लागि सम्बन्धीत जिल्लाका सांसद स्थानीय तहका जनप्रतिनिधिहरुसँगको छलफलको क्रममा रहेको छ ।
  • काठमाडौं उपत्यकाको जनचापको समुचित व्यवस्थापनको लागि उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी विभिन्न दस स्थानमा थप नयाँ शहर निर्माणका लागि छलफल थालिएको छ । नुवाकोटको छहरे-थानसिंह, बट्टार-बिदुरदेखि बेत्रावतीसम्मको त्रिशूली उपत्यका, बेत्रावतीदेखि जिपजिपे, धुन्चे र रसुवाको टिमुरेसम्मको हिमाली सहर, नुवाकोटको गँगटे-पिपलटार-बुहुनीबेसी-देबीघाट-महादेवफाँट-गल्छी नयाँ सहर र गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा-तीनपिप्ले नयाँ शहर निर्माणका लागि सरोकारवालासँग बृहत्तर योजनासहित गहन छलफल थालनी भएको छ । धादिङको नौबिसे-गल्छी, मकवानपुरको इन्द्रसरोबर, सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती उपत्यका, दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित गरेर बृहत्तर शहर निर्माणसँगै बृहत्तर राजधानीको विकास, प्रदूषणमुक्त राजधानी बनाउने परिकल्पना सहित छलफल आरम्भ गरीएको छ । यस्तै धादिङको सल्यानटारमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणपछिको अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्वविद्यालयसहितको शैक्षिक शहर निर्माणका लागि आवश्यक छलफल थालनि गरिएको जानकारी गराउँदछौं ।
  • बाराको जितपुर सिमरा उपमहानगरपालिकामा चक्रपथ निर्माणका लागि आवश्यक छलफल थालिएको छ । गोरखाको मनकामना जाने सडक मार्ग स्तरोन्नती गर्नेको लागि पहल भएको छ ।
  • तनहुँको ब्यास-देवघाट-कालीगण्डकी करिडोरहुँदै दामोदरकुण्डसम्मको ८ सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माणबारे आवश्यक अध्ययन गर्न मन्त्रालयस्तरबाट आवश्यक छलफल थालनीमा रहेको जानकारी गराउँदछौं ।
  • काठमाडौं उपत्यकासहित देशका मुख्य मुख्य सहरहरुमा देखिएको अव्यवस्थित पार्किङको समस्या समाधानका लागि पहल थालिएको छ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउनका लागि सरोकारवालासँग पटक पटक छलफल गर्दै गुरुयोजनाको परिकल्पना गरिएको छ । काठमाडौं उपत्यकाको अव्यवस्थित पार्किङको समस्या दिर्घकालिन रुपमा समाधानका लागि लैनचौर, नारायणहिटी दरबार क्षेत्र, भृकुटीमण्डप, विष्णुमति, बागमति, धोविखोला करिडोरमा व्यवस्थित पार्किङ स्थल निर्माणका लागि आवश्यक छलफल प्रक्रियाको थालनी गरिएको छ ।
  • काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गराईएको छ ।
  • कलंकिदेखि चाबहिलसम्म निर्माणाधिन चक्रपथ विस्तारलाई ट्राफिक मैत्री बनाउन आयोजना निर्माण पक्ष र सो सँग सम्बन्धित पक्षहसँग आवश्यक सुझाव संकलन गरी कार्य अगाडी बढाउन छलफललाई तिब्रता दिईएको छ । अण्डरपास, फ्लाई ‌ओभर, सुरुङ लगायतका प्राविधिक विषयको सुझाव संकलन थालिएको छ ।वागमतीमा मिसिने चक्रपथ अन्तर्गत शाखा नदीहरुको प्राकृतिक वहाव व्यवस्थापन पक्षबारे छलफल थालिएको छ ।
  • काठमाडौं उपत्यकाका भित्री सहरका सडकहरुको मर्मत सम्भार, खाल्डाखुल्डी पुर्ने लगायत अन्य व्यवस्थापकिय कार्यलाई तिब्रता दिन सरोकारवाला निकायसँग निरन्तर छलफल, अनुगमनसहित आवश्यक निर्देशन र कार्यान्वयनमा तिब्रता दिइएको छ ।
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...