YouTube Link

को हुन् भरतमोहन अधिकारी ?

Facebook Link

काठमाडौं: विक्रम सम्वत १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुवा रामचन्द्र र आमा पूर्णकुमारी अधिकारीको कोखबाट जन्मिएका अधिकारीले अर्थशास्त्रमा एमए र कानूनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए ।

२०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाएका थिए ।

महोत्तरीमा जन्मिएर विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पछिल्लो समय राजधानीमा बस्दै आएका थिए पञ्चायत अवधिका चर्चित कानुन व्यवसायीसमेत रहेका अधिकारी २०१७ सालमा पीएचडी गर्ने सोच बनाइरहँदा तत्कालीन सोभियत सरकारले दिएको छात्रवृत्ति छोडेर राजा महेन्द्रको ‘कु’विरुद्ध सघर्षमा उत्रिएका थिए ।

नेपालको राजनीतिमा त्यागी नेताको रुपमा परिचित अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन बिताएका थिए । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा रहनुपरेको थियो ।

अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवनयात्रालगायत कृति प्रकाशित गरेका छन् । जीवन यात्राको नयाँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन् ।

वि.सं. २००८ सालमा राजनीतिमा आवद्ध भएका अधिकारीले तत्कालीन एमालेको नवौं महाधिवेशनमा लिखित रुपमै पार्टीको कुनैपनि नेतृत्वदायी कमिटीमा नबस्ने घोषणा गरेका थिए । अधिकारीले १६ वर्षको उमेरमा बनारसबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए ।

पञ्चायतविरुद्ध लामो सघर्ष गरेका अधिकारी २०४७ सालको संविधान लेखन समितिका सदस्य हुन् । वाममोर्चाको तर्फबाट माधवकुमार नेपाल, निर्मल लामासँगै अधिकारी संविधान लेख्ने आयोगका सदस्य बनेका थिए । ०४७ सालको संविधान लेखनमा उनको भूमिकालाई महत्वकासाथ हेरिन्छ । त्यसपछि माले र माक्र्सवादी एकता भएर नेकपा एमाले बन्दा अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम निर्माणमा अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालिन एमाले सबैभन्दा ठूलो दल बन्यो । मनमोहन अधिकारी नेतृत्वमा बनेको एकल सरकारमा अधिकारी अर्थमन्त्री भए । नौ महिना मन्त्री हुँदा उनले दुईवटा बजेट पेश गरेका थिए । अधिकारीले महेश आचार्यले पेश गरेको बजेटलाई परिमार्जन गरेर पुसमा पहिलो कम्युनिस्ट बजेट पेश गरेका थिए ।

उनले ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गरेका अधिकारीले सोही बजेटमा आफ्नो गाउँ आफै बनाऔं, वृद्धा भत्ता, सामाजिक सुरक्षा, नौ स लगायतका नाराले लोकप्रियता पाएका थिए । २०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चार पटक सांसद निर्वाचित भएका अधिकारले पाँच पटक विभिन्न मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्मको भूमिका निर्वाह गरेका थिए ।

पहिलो पटक ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको एकमना सरकारमा अर्थमन्त्री बनेका अधिकारी दोस्रो पटक २०५५ सालमा कांग्रेससँगको संयुक्त सरकारमा अर्थमन्त्री बने । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनले एमालेको तर्फबाट नेतृत्व गरेका थिए ।

२०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाएका थिए । अधिकारी २०६७ साल माघ २७ गते उपप्रधानमन्त्री बने । प्रधानमन्त्री झलनाथ खनालले अर्थ मन्त्रालय हेर्ने जिम्मासमेत अधिकारीलाई नै दिएका थिए ।

बजेटसँगै संसदमा पेश गर्नुपर्ने विधेयक अधिकारी स्वयम्ले संसदमा पेश गरे । तर कांग्रेसका तत्कालीन प्रमुख सचेतक लक्ष्मण घिमिरेले अधिकारीलाई अध्यादेश बजेट पेश गर्न नदिने बताए । संविधानमै आर्थिक बजेट अर्थमन्त्रीले पेश गर्ने उल्लेख भएको भन्दै विरोध भएपछि ०६७ माघ ३० गते अधिकारीले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...