Texas College
YouTube Link

ओली-लेखक बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज

Facebook Link

काठमाडौं: जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आज फैसला हुने भएको छ । पक्राउ गरेको कारण सरकारसँग मागेको अदालतले शुक्रबार नै सो जवाफ प्राप्त गरिसकेकोले बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजै फैसला हुन सक्ने जनाइएको छ ।

 

जेन-जी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा पक्राउ पुर्जी जारी गरेर चैत १४ गते दुबैजनालाई पक्राउ गरिएको थियो ।

 

अदालतबाट पक्राउ पुर्जीको अनुमति नलिई प्रहरीले नै जरुरी पक्राउ पुर्जी जारी गरेर उनीहरुलाई निवासबाटै नियन्त्रणमा लिएको थियो । उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्थामा मात्रै जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने कानुनी व्यवस्था विपरीत पक्राउ गरिएको र प्रतिवेदन मात्रैका आधारमा नियन्त्रणमा लिने तर्क गर्दै उनीहरुको पक्षबाट पक्राउ परेको भोलिपल्ट (आइतबार) बन्दीप्रत्यक्षीकरण निवेदन परेको थियो ।

 

सोमबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीको र कुमार रेग्मीको इजलासले लेखकको निवेदनमाथि सुनुवाइ गर्दै जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने पूर्वअवस्था के थियो ? भनेर समेत सरकारलाई सोधेको थियो । जवाफमा सरकारले पूर्व प्रधानमन्त्री वा पूर्व गृहमन्त्री भएकै आधारमा तत्काल हिरासत मुक्त गर्न नसकिने जनाएको छ । पक्राउ परेकै दिनदेखि नै ओली त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई प्रहरीले महाराजगञ्जकै प्रहरी गणमा राखेर बयान लिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधान, कसरी प्रयोग गर्ने ?

वि.सं.२०८२ चैत २५ बुधवार ११:३८

नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने...

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

विदेशी राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन्द्र शाह

वि.सं.२०८२ चैत २५ बुधवार ११:२९

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज

वि.सं.२०८२ चैत २५ बुधवार १०:५८

काठमाडौं: प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान...

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

सरकारी कर्मचारीलाई दिइने इन्धन सुविधामा व्यापक कटौती

वि.सं.२०८२ चैत २४ मंगलवार १०:२५

काठमाडौं: सरकारी कर्मचारीले गाडी चढ्दा पाउँदै आएको पेट्रोल सुविधा ५०...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...