YouTube Link

नेपाली सेनाद्वारा हर्षोल्लासपूर्वक पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

Facebook Link

काठमाडौं: नेपाल राष्ट्रको गौरवशाली संगठन नेपाली सेनाले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक जङ्गी अड्डामा आयोजना गरेको एक विशेष समारोहबीच प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरु, रथीवृन्द, अधिकृत तथा अन्य दर्जाले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका छन् । उक्त कार्यक्रममा पुस २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका प्रथम पाँच पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख) को झण्डा र दीपज्योतिसहित शुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्बीर बग्गीमा राखी नगर परिक्रमापश्चात् जङ्गी अड्डामा सहभागी भएको थियो ।

 

 

सो समारोहपश्चात् जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सञ्चालन भएको कविता प्रतियोगिताका उत्कृष्ट कविताहरु वाचन, लघु नाटक प्रस्तुति एवम् इतिहासिवद्द्वारा नेपाल एकीकरणमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देनको बारेमा प्रवचन भएको थियो । साथै उक्त समारोहमा विभिन्न प्रतियोगिताका विजयी एवम् निर्णायकहरु र प्रवाचकहरुलाई प्रधानसेनापतिले पुरस्कार एवम् सम्मान प्रदान गरेका थिए ।

 

 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा इतिहासको जगेर्ना, पूर्खाको योगदानको संरक्षण तथा पुरातात्विक महत्वका संरचनाको संवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाद्वारा गोरखा-काठमाडौंलगायत धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म ऐतिहासिक साँघुरीगढी पदयात्रा, उदयपुरको उदयपुरगढी-चौदण्डी गढी पदयात्रा, इलामको नागरीगढीदेखि माइस्थानसम्म निशान पदमार्ग पदयात्रा, रामेछापको तिल्केस्थानगढी पदयात्राजस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मुलुकभर एवम् विदेशमा समेत नेपाली सेनाका युनिटहरुमा विविध कार्यक्रमहरु आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...