YouTube Link

नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, १७ पदाधिकारी ओली प्यानलबाट विजयी

Facebook Link

काठमाडौं: नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन् । ओलीका प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओलीले एमालेको अध्यक्षमा तेस्रो कर्यकालका लागि निर्वाचित भएका हुन । उनले १६६३ मत प्राप्त गर्दा ईश्वर पोखरेलले ५६४ मत ल्याए । महासचिवमा शंकर पोखरेलले दोस्रो पटक जितेका छन । प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई २२९ मतले हराउँदै पोखरेलले एमाले महासचिवमा दोस्रो कार्यकालका लागि निर्वाचित भए । पोखरेलले १२२८ मत ल्याउँदा पाण्डेले ९९९ मत ल्याए ।

 

यस्तै एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण राज विष्ट र रघुजी पन्त निर्वाचित भए । उपाध्यमा पोखरेल प्यानलबाट विष्ट निर्वाचित भए । चार उपाध्यक्षमा अध्यक्ष ओली प्यानलका उम्मेदवार विजयी भए । एमालेको उपमहासचिवमा पनि ओली प्यानलको दवदवा रह्यो । उपमहासचिवमा ओली प्यानलाक लेखराज भट्ट, रघुवीर महासेठ निर्वाचित हुँदा पोखरेल प्यानलबाट योगेश भट्टराई विजयी भए । एमालेको ९ सचिवमा भने ओली प्यानलले क्लिन स्विप गरे । सचिवमा महेश वस्नेत, पद्याकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भए ।

 

पार्टी राजनीति फाफेका ओलीलाई सत्ता फापेन

बुवा मोहनप्रसाद ओली र आमा मधु ओलीका छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसमा केपी ओलीको जन्म भएको थियो । ओली बाल्यकालमै परिवारसँगै झापा झरे । जहाँबाट उनको राजनीतिक यात्रा सुरु भयो । उनले झापाबाट जसरी राजनीतिक यात्रा सुरु गरेका थिए, काठमाडौँ पस्दा त्यसको सैद्धान्तिक धरातलमा केही परिवर्तन भइसकेको थियो । पार्टी नेतृत्वमा पुग्दा त पार्टीको सिद्धान्त र केपी ओलीको चरित्रमै धेरै फरक परिसकेको थियो ।

 

पार्टीभित्र उनको एकता र संघर्षको लाइन पनि एकनासको रहेन । झापा आन्दोलनको बेला उनी नेतृत्वका लागि सीपी मैनाली र राधाकृष्ण मैनालीसँग संघर्षमा थिए । तर, अचानक आन्दोलनबाट पलायन भए । मदन भण्डारीको उदयपछि उनी भण्डारीका निकटतम सहयोगी रहे । भण्डारीको निधनपछि महासचिव बनेका माधव नेपालका निकट सहयोगी भएर निस्किए ।

 

पछि माधव नेपालसँग उनको संघर्ष भयो । यो संघर्ष अन्तत पार्टी विभाजनसम्मको तहमा पुगेको छ । तर, नेतृत्वका लागि पहिलो पटक प्रयास गर्दा उनको प्रतिस्पर्धा झलनाथ खनालसँग भयो । जहाँ ओली पराजित भए । ओली दोस्रो पटक भने माधव नेपाललाई पराजित गर्दै नेतृत्वमा पुगे । महाधिवेशनबाटै लगातार दुई पटक नेतृत्वमा पुग्ने उनी मदन भण्डारी र माधव नेपालपछि एमालेका तेस्रो नेता बनेका छन् । दशौँ महाधिवेशनअघि ओलीका पुराना प्रतिष्पर्धी माधव नेपाल र झलनाथ खनाल दुवै एमालेबाट बाहिरिएकाले यसपटक उनलाई अध्यक्षमा निर्वाचित हुन कुनै सकस भएन । ओली नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए । आठौँ महाधिवेशनबाट एमाले बहुपदीय प्रणालीमा गएदेखि नै अध्यक्ष पद कार्यकारी पद भएको छ ।

 

मदन भण्डारी तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र एमाले बनेपछिको पाँचौँ महाधिवेशनबाट महासचिवमा लगातार निर्वाचित भएका थिए । छैटौँ र सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल लगातार महासचिव निर्वाचित भए । सातौँ महाधिवेशनसम्म महासचिव नै शक्तिशाली कार्यकारी पद थियो । मदन भण्डारी र माधव नेपाल दुवै पटक निर्विरोध महासचिव भएका थिए । उनी तीन पटक नेपालको प्रधान मन्त्री बने । विसं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका ओली ९ महिना सत्तामा रहे । त्यसबेला भारतले लगाएको नाकाबन्दीमा अडान राख्न सकेकाले उनको प्रशंसा हुने गरेको छ । त्यस्तै २०७४ फागुन ३ मा उनी दोस्रो पटक प्रधान मन्त्रीमा नियुक्त भए । तर करीव दुई तिहाइको बहुमत प्राप्त दल नेकपाका तर्फबाट प्रधानमन्त्री भएका उनले दुईपटकसम्म प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरे । दोस्रोपटक गरेको संसद विघटन अस्वीकृत गर्दै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै उनी पदबाट बहिर्गमन भए । यस्तै, २०८१ असारमा तेस्रा पटक प्रधानमन्त्री नियुक्त भएका ओलीको यो कार्यकाल पनि सुखद रहेन । भदौ २३ र २४ गते भएको जेन जी आन्लोलन पछि पदच्यूत भए ।

 

झापा आन्दोलन र ओली

२००८ सालमा तेह्रथुमको इवामा जन्मिएका ओली २०२० सालमा बसाइँ सरेर झापा झरेका थिए । उनी २०२३ सालमा माक्र्सवादी अध्ययन दलको सदस्य भए । २०२५ सालमा कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्य बने भने २०२६ सालमा पार्टी सदस्य पाए । त्यही साल उनी पहिलो पटक गिरफ्तारीमा परे । २०२६ देखि २०३० सालसम्ममा उनको जेल पर्ने र छुट्ने क्रम चलिरह्यो । त्यो अवधिमा उनी करिव १० पटक गिरफ्तार भएका थिए ।

 

२०२७ सालबाट उनले भूमिगत जीवन सुरु गरे । झापा जिल्ला कमिटीले विद्रोह गरेर स्वतन्त्र संगठनका रूपमा झापा आन्दोलन सुरु गर्दा ओली पनि सदस्य थिए । त्यतिबेला कम्युनिस्ट पार्टी छिन्नभिन्न थिए । पुष्पलालको कम्युनिस्ट पार्टीबाट विद्रोह गरी सात प्रान्तीय कमिटीमध्येको एक पूर्वकोशी प्रान्तीय कमिटीले २०२७ सालदेखि स्वतन्त्र रूपमा काम गर्न थालेको थियो । उक्त प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटी भारतमा चारु मजुमदारको नेतृत्वमा चलेको सशस्त्र संघर्षको पक्षमा थियो । तर, पूर्वकोशी प्रान्तीय कमिटी विपक्षमा थियो । यहि विवादमा झापा जिल्ला कमिटी २०२८ सालमा पूर्वकोशी प्रान्तीय कमिटीबाट अलग भयो । उनीहरुले चारु मजमदार लाइनको नक्कल गर्दै ‘झापा संघर्ष’को सुरुवात गरेका थिए । त्यतिबेला उनीहरु ‘वर्गशत्रुको रगतबाट नरङ्गिएको हात कम्युनिस्टको हुन सक्दैन’ भन्थे ।

 

झापा संघर्षको सुरुवात गर्दा त्यसको नेतृत्वमा राधाकृष्ण मैनाली थिए । २०२८ साउनदेखि उनी झापा जिल्ला कमिटीको सचिव भएका थिए । तर, उनलाई क्षयरोग लागेपछि २०२९ साल साउनमा केपी ओली सचिव भए । करिब ६ महिनामा नै ओलीले नेतृत्व राम्रोसँग बहन गर्न नसकेको भनेर उनलाई हटाइयो । उनले सचिवको हैसियतमा एक पटक पनि बैठक राख्न सकेनन् । त्यही वर्ष फागुनदेखि सीपी मैनाली सचिव भए ।

 

झापा जिल्ला कमिटीले ‘वर्ग शत्रु सफाया’ अभियान चलाउन एक्सन कमिटी बनाएको थियो । उक्त एक्सन कमिटीमा राधाकृष्ण, सीपी, केपीसहित मोहनचन्द्र अधिकारी र रामनाथ दाहाल थिए । केपी ओली रामनाथ दाहालकै घरमा बस्थे । रामनाथ सम्पन्न व्यक्ति थिए । उनले ओलीलाई ‘धर्मपुत्र’ झैँ बनाएर राखेका थिए । तर, राजनीतिक रूपमा दुवै एउटै सोचका थिए र एउटै कमिटीमा काम गर्थे । रामनाथ दाहाल २०२४ सालमा चारपाने गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार भएर पराजित भएका थिए ।

 

२०२८ सालमा झापा विद्रोह सुरु भएपछि नौ जनाको हत्या भयो । अरु १३ जनाको हत्या प्रयास भएको थियो । राष्ट्रिय पञ्चायत सदस्यसमेत भइसकेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालको हत्या भएपछि भने झापालीहरूविरुद्ध प्रशासनले कडा कदम चाल्न थाल्यो । त्यति बेला रामनाथ दाहाल र केपी ओलीले सँगै घर छाडेर भूमिगत भएका थिए । केही दिनपछि परिवारको हालचाल बुझ्न जाँदा रामनाथ घरैबाट पक्राउ परे भने ओली उम्कन सफल भए । पक्राउ परेका रामनाथसहित नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई झापाबाट इलाम जेल सार्ने निहुँमा सरकारले २०२९ फागुन २१ गते सुखानीको जंगलमा पुर्याएर हत्या गर्यो ।

 

उनीहरूको हत्यापछि आतंकित भएर नै केपी ओली र मोहनचन्द्र अधिकारी झापाबाट भागेको राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’ मा उल्लेख गरेका छन् । अधिकारी त्यहाँबाट भागेर भारत पसेका थिए । ओली भने तीन महिनाजति मोरङमा लुकेर बसे । उनलाई माधव नेपालले लुकाएका थिए । त्यसपछि भारतको कानपुरमा रहेका अधिकारीसँग सम्पर्क भएपछि उनी पनि भारततिरै लागे । त्यसको केही महिनापछि नेपाल पस्ने क्रममा उनीहरु दुवैजना २०३० असोज २३ गते रौतहटको गौरबाट पक्राउ परे । त्यसपछि ओली लगातार १४ वर्ष र अधिकारी करिब १७ वर्ष जेल बसे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...