YouTube Link

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

Facebook Link

काठमाडौं: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा ‘लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र’ आ.व. २०८१/०८२ को साउनदेखि असार मसान्तसम्म सार्वजनिक गरिएको छ । ‘प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमका साथ मनाइरहिएको छ ।

 

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा ‘लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र’ सार्वजानिक कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कहरुले गम्भीरतापूर्वक सबैलाई सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई असर गर्ने भएकाले लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला सबै पक्षहरुको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

 

नेपाल प्रहरीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध आफ्नो अभियान चलाइरहेको छ भने लैङ्गिक हिंसाविरुद्ध उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादवलाई प्रथम पुरस्कार ४० हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्रीलाई द्वितीय पुरस्कार ३० हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङलाई तृतीय पुरस्कार २० हजार रुपैयाँ र प्रहरी नायब निरीक्षक पूर्णिमा थापा, सहायक निरीक्षक साजना प्रसाईंलाई सान्त्वना पुरस्कार १०-१० हजार रुपैयाँ नगदसहित प्रशंसापत्रद्वारा पुरस्कृतसमेत गरेको छ ।  प्रहरी महानिरीक्षक कार्की लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई केवल एउटा अभियान वा अवधिमा सीमित नराखी वर्षभरि उत्तिकै उर्जाका साथ सम्बन्धित सबै निकायहरु लाग्नुपर्नेमा जोड दिन्छन् ।

 

 

‘लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र’ सार्वजनिक कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार बस्नेतले लैङ्गिक हिंसाजन्य सम्बोधनलाई नेपाल प्रहरीले शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा प्रतिबद्ध रहेको जानकारी दिए भने प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ‘लैङ्गिक हिंसा नियन्त्रण : तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा’ सम्बन्धी प्रस्तुतीकरण दिँदै अहिले प्रहरीले देशभरका २ सय ६० युनिटबाट महिला, बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी सेवा प्रदान गरिरहेको उल्लेख गरिन् ।

 

यसैगरी गृहमन्त्रालयका उपसचिव मीना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोशनीदेवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपालका चिफ अफ चाइल्ड प्रोटेक्सन लियोन मुओनी र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले हिंसारहित समाज निर्माणका लागि सबै सरोकारवालाहरुको आवश्यक सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । उनीहरुले प्रविधिले थप चुनौती थपिरहेको उल्लेख गर्दै आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...