YouTube Link

मनसुनजन्य विपद् आइपरे प्रहरी तयारी अवस्थामा

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यकामा घट्न सक्ने सम्भावित विभिन्न विपद्का घटना र शुरु हुन लागेको मनसुनजन्य विपद्का घटनाहरुमा नागरिकलाई तत्काल उद्धारका लागि प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा राख्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले आफूअन्तर्गतका प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरुको ज्ञान, सीप र कौशल अभिबृद्धि गर्ने उद्देश्यका साथ विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

 

भित्रिंदै गरेको मनसुनमा विपद् आइलागिहाल्यो भने र नागरिक विपदमा परिहाले भने तत्काल विपद् प्रतिकार्य उद्धारमा प्रहरी कर्मचारीहरु परिचालन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले नेपाल एसोशिएसन अफ राफ्टिङ एजेन्सी (नारा) सँगको सहकार्यमा आफूमातहतका इकाइमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद्सम्बन्धी अनुशिक्षण दिइएको जेठ २९ गतेबाट कीर्तिपुरको टौदह र रानीपोखरीमा सञ्चालन गरिएको विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम असार ५ गते काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच सम्पन्न भएको छ ।

 

 

विपद् अनुशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाभित्र आइपर्ने प्रकोपहरुमा उद्धारका लागि विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम महत्वपूर्ण सावित हुने बताइन् । कार्यक्रमको अध्यक्षता गरेका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले साधान-स्रोत जुटाएर विपदमा उद्धारका लागि जनशक्ति तयारी हालतमा राख्न हरप्रयास भइरहेको साथै आगामी दिनमा कोर्ष नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको बताए । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी चौकी र स्थानीय निकायलाई सम्झिने हुँदा सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको औल्याउँदै सबैसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरे । सबै किसिमका विपद्-जोखिममा सबैले हातेमालो गरेर अघि बढ्दा जोखिमबाट राहत महसुस हुने उनको भनाई थियो ।

 

 

सो अवसरमा विपद्-उद्धारसम्बन्धी विभिन्न पूर्वाभ्याससमेत प्रस्तुत गरिएको थियो भने विपद्सम्बन्धी अनुशिक्षणमा सहभागी काठमाडौं महानगरपालिका-२७ का वडा अध्यक्ष योगेश खड्गी, नेपाल एसोशिएसन अफ राफ्टिङ एजेन्सी (नारा) का अध्यक्ष कमलबहादुर ठकुरी, प्रशिक्षक प्रकाश गुरुङ, राज त्रिपाठी, कृष्ण परियार, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रहरी सहायक निरीक्षक विक्रम घर्ती, प्रहरी सहायक हवलदार पारस थारु, प्रहरी जवान अनिल लुंगेली, विक्रम थापामगर, शंखधर उध्यान रत्नपार्क तथा रानीपोखरी इकाइका प्रमुख दामोदार लामा, नागराजा-नागरानी बासस्थान समाज टौदह कीर्तिपुरका अध्यक्ष श्रीराम खड्कालगायतलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो भने प्रहरी उपरीक्षक शालिकराम शर्माले विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रमका बारे प्रकाश पार्दै यस्ता अनुशिक्षणले विपद्को समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

 

 

नयाँ-नयाँ कार्यक्रम र योजनाका साथ अघि बढेका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नासाथ काठमाडौं उपत्यकालाई अपराधमुक्त बनाउन समाजका सरोकारवाला सबै क्षेत्रको साथ-समर्थन र प्रतिबद्धतासहित शुभारम्भ गरिएको ‘लागूऔषधविरुद्धको महाअभियान’ अहिले चर्चामा छ । ‘लागूऔषधविरुद्धको महाअभियान’ का ‘रोल मोडल’ मानिएका काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङकै प्रमुख आतिथ्यमा विभिन्न नगरपालिका, स्कूल, कलेज, टोल सुधार समितिलगायतले लागूऔषध दुर्व्यशनविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रम शुरु गरिसकेका छन् भने मनसुनको मुखमा मनसुनजन्य विपद् अइपरे नागरिकलाई तत्काल उद्धार गर्न गरिएको विपद्सम्बन्धी अनुशिक्षण कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको इतिहासमै ‘लागूऔषधविरुद्धको महाअभियान’ पछिको अर्को ऐतिहासिक कार्यक्रम ठानिएको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९

काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन...

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत...

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:१८

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा...

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

वि.सं.२०८२ असोज २२ बुधवार १५:२१

काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

वि.सं.२०८२ असोज २२ बुधवार १२:०५

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको...