YouTube Link

सीमा नाकामा कडाइ गर्ने विषयमा छलफल

Facebook Link

काठमाडौं: भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक डाकेर छलफल गरेका छन् । सिंहदरबारमा बसेको सुरक्षा परिषद्को बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा सहभागी छन् ।

 

बैठकमा भारत र पाकिस्तानबीच युद्ध सुरु भएसँगै खुला सीमाना भएकाले सीमा नाकामा कडाइ गर्ने विषयमा छलफल भएको बताइएको छ । आज सरकारले बेलैमा सतर्कता अपाउनुपर्ने आवाज सांसदहरूले समेत सदनमा उठाएका थिए । यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

 

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सीमा क्षेत्रमा थप कडाई गरिएको छ । सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिइएको छ । गृह मन्त्रालयले सबै युनिटलाई हाइ अलर्टमा बस्न निर्देशन दिएको छ । मन्त्रालयको निर्देशपछि पछिल्लो समय बिकशित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

 

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।

 

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरूलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरूले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन् । सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ । सम्भावित संकित स्थानमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्यसमेत गरिराखेको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

वि.सं.२०८२ असोज ३० बिहीवार ०६:५७

काठमाडौं: नेपालले टी-२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटको सुपर...

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६

काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको...

सभामुखले आज दलहरूसँग छलफल गर्ने

सभामुखले आज दलहरूसँग छलफल गर्ने

वि.सं.२०८२ असोज २९ बुधवार ०७:३४

काठमाडौं: सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा...

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

वि.सं.२०८२ असोज २९ बुधवार ०७:२८

काठमाडौं: नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ...

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

वि.सं.२०८२ असोज २९ बुधवार ०७:१६

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय...

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१

काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको...