YouTube Link

आफूलाई ‘रोल मोडल’ बनाउनुस् : प्रहरी महानिरीक्षक थापा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाल प्रहरीका पिल्लर तल्लो तहका प्रहरी कर्मचारीको हितमा निर्णय-हस्ताक्षर गर्दै प्रहरी महानिरीक्षकको पदभार सम्हालेका प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति-निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । व्यक्तिगत स्वार्थभन्दा सांगठनिक स्वार्थलाई केन्द्रविन्दूमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन ‘चेन अफ कमाण्ड’ भित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने प्रहरी महानिरीक्षक थापाको भनाई छ ।

 

प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा-बढुवा हुने भएकाले जिम्मेवारीलाई नवीन ढंगले सम्पादन गरी आफूलाई ‘रोल मोडल’ को रूपमा प्रस्तुत गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिने गरेका छन् । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति विद्यमान सुरक्षा चुनौतिहरूको अध्ययन-विश्लेषण गरी आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाई प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड हुने गरेको छ ।

 

प्रहरी महानिरीक्षक थापाले सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग पीडित हुने मुद्दाहरूलाई प्राथमिकतामा राखी समाजमा चुनौतिको रूपमा देखापरेका साइबर क्राइम, बैंकिङ कशुर, आत्महत्या, लागूऔषधलगायतका अपराधहरूको नियन्त्रणमा विशेष कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिएका छन् ।

 

अपराध-अनुसन्धान, शान्ति-सुरक्षा, अमन-चैन र कमाण्ड कन्ट्रोलमा आफूलाई अब्बल सावित गरेका प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति-सुरक्षा कायम गर्न, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्न र कानूनको कार्यान्वयन गर्ने सन्दर्भमा पूर्ण व्यवसायिक भई उच्च नैतिक आचरण र अनुशासन प्रदर्शन गरी विविधताको सम्मान गर्दै नागरिककेन्द्रित प्रहरी सेवा प्रवाह गर्न, सांगठनिक शुद्धीकरण र सुदृढीकरणको लागि सामूहिक भावनाका साथ कार्य गर्न निर्देशन दिएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...