YouTube Link

आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई महासंघको आग्रह

Facebook Link

काठमाडौं: नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन् । सोमबार राति सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि बिहानै सामाजिक सञ्जालमा उनले यस्तो आग्रह गरेका हुन् ।

 

‘आन्दोलन बिना केही पाइँदैन’, उनले लेखेका छन्, ‘त्यसैले आन्दोलन बलियो गराऔँ ।’ उनले मंगलबार पनि बिहान ठिक  ११ बजे माइतीघर मण्डला आइपुग्न उनले शिक्षकहरूलाई अपिल समेत गरेका छन् ।

 

सोमबार राति सिंहदरबारमा भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले निष्कर्षनजिक पुगेको दाबी गरेका थिए । महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भएपनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका थिए । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो ।

 

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्ता लगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए ।

 

विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...