विगत २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा, ऐक्यबद्धता जनाउन पुगे माधव नेपाल र झलनाथ खनाल
वि.सं.२०८२ वैशाख १५ सोमवार १४:३८
2.1K
shares
काठमाडौं: चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिनसम्म आईपुग्दा पनि जारी नै रहेको छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू सडकमा उत्रिएका हुन् । उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनकै क्रममा आइतबार प्रहरीले शिक्षकहरूमाथि हस्तक्षेप गरेको थियो । सो क्रममा केही शिक्षक घाइते भएका थिए । शिक्षकहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धताको लागि पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि पुगेका छन् ।
आन्दोलनस्थल बिजुलीबजार पुगेपछि प्रहरी र शिक्षकहरूले सुरक्षा पनि दिएका थिए । हिजो नै उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्जालबाट जारी शिक्षक आन्दोलनको समर्थनमा आज अध्यक्ष नेपाल जाने जानकारी दिएका थिए । उनीहरुले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग संक्षिप्त भेट गरी फर्किएका छन् । उनीहरू पुगेपछि शिक्षकहरूले ‘शिक्षा ऐन जारी गर, पुरानो ऐन खारेज गर’ लगायतका नारा लगाएका थिए ।
वि.सं.२०८२ वैशाख १५ सोमवार १४:३८




















