YouTube Link

नेपाल शिक्षक महासङ्घको अगुवाईमा ‘काठमाडौं जा‍औँ अभियान’सहित अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षक

Facebook Link

काठमाडौं: नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । आज दिउँसो माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा शिक्षकहरू प्रदर्शनमा उत्रिएका थिए । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो ।

 

उनीहरूले शिक्षा ऐन जारी गर्न र विगतका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन् । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा बसेर आन्दोलन सुरु गरेका उनीहरू यसपटक सडकमा ओर्लिएका हुन् । शिक्षा ऐन जारी गर, शिक्षकलाई ढाँट्न पाइँदैन, संसद् अधिवेशन चालु गरलगायतको मागसहितको नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

 

महासंघले सडक केन्द्रित आन्दोलन माग पूरा नहुन्जेल चलिरहने बताएको छ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ । ऐनमा शिक्षकसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन हुनुपर्ने माग उनीहरूले राखेका छन् । यसअघि गएको असोज पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सातबुँदे सहमति भएको थियो। तर सहमति कार्यान्वयन भएको छैन ।

 

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राखिएको बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन थालिएको अध्यक्ष सुवेदीले बताएका छन् । आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...