YouTube Link

बहादुरी देखाउने सुरक्षा गार्ड पराजुली पुरस्कृत, पाँच ग्रेड वृद्धि

Facebook Link

काठमाडौं: राजावादीको हिंसात्मक आन्दोलनको क्रममा चैत १५ गते कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुली पुरस्कृत भएका छन् । उनलाई भाटभटेनी सुपरमार्केटले ५ लाख नगद रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको छ ।

 

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत यही १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई पाँच लाख १ हजार १११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका छन् । उनले पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको घोषणा समेत गरेका छन् । पराजुलीसँगै अन्य चारजना सुरक्षा गार्डलाई पनि ५१ हजार १५१ रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।

 

गएको शुक्रबार राजावादीहरूको हिंसात्मक प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख भन्दा बढीको क्षति भएको सो कम्पनीले जनाएको छ । राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड पराजुलीले एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

सम्मानपछि पराजुलीलाई केही बोल्न आग्रह गरियो । सम्भवतः पहिलोपल्ट यसरी माइकमा सम्बोधन गरेका पराजुलीले केही लजाउँदै आफ्नो भनाइ राखे । उनले २२ वर्षदेखि भाटभटेनीमा जागिर खाएको र घरगाडी जोडेको सुनाउँदा कार्यक्रमका सहभागीले हौसलामा ताली बजाएका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...