YouTube Link

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १८ गते सदनमा सम्बोधन गर्ने भएका छन् । बिपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बिपक्षी दलले उठाएका विषयमा चैत्र १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताए । योसँगै संसद्को गतिरोध अन्त्य हुने विश्वासमा आफूहरू रहेको उनले बताए ।

 

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयमा प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । सत्तारुढ दलका नेताहरूका अनुसार सदन नचल्दा प्रतिस्थापन विधेयक अगाडि बढ्न नसक्ने भएपछि प्रधानमन्त्र ओली संसदमा जवाफ दिन तयार भएका हुन् ।

 

सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भएर अगाडि बढेको छ । ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ । राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध हुँदा विधेयक अगाडि बढाउन सरकार र संसदलाई अप्ठ्यारो परेको थियो । किनभने अध्यादेश प्रतिस्थापन विधेयक सदनबाट पास गराउनका लागि केही दिन मात्रै बाँकी छ ।

 

संघीय संसदको चालू अधिवेश गत माघ १८ गतेबाट सुरु भएको थियो । त्यसको ६० दिनभित्र अध्यादेश दुवै सदनबाट स्वीकृत भएर, विधेयक आएर, पारित भएर र प्रमाणीकरण भएर ऐनमा रुपान्तरित भइसक्नुपर्छ । यस अनुसार सरकारलाई यही चैत १९ गतेसम्मको मात्रै समय छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रिय सभाको कार्यसूचीमा परेर पनि रोकिएको छ ।

 

ती विधेयकहरूमा सुशासन प्रर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पनि रहेका छन् । यी पाँच वटै विधेयक पारित गर्ने वातावरणका लागि प्रधानमन्त्री ओलीले संसदमा बोल्न तयार भएका हुन् ।

 

संविधानको धारा ११४ मा अध्यादेशसम्बन्धी व्यवस्था छ । जसअनुसार संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन् । तर त्यस्तो प्रत्येक अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गर्नुपर्छ । दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुन्छ । दुवै सदनले स्वीकार गरेमा सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...