YouTube Link

भृकुटीमण्डपमा वर्तमान व्यवस्थाको विरोधमा गणतन्त्रवादीको जनसभा

Facebook Link

काठमाडौं: वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन भएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।

 

राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपा लगायत आबद्ध छन् ।

 

भृकुटीमण्डपको सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् । उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरु उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए । ‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’

 

यसैबीच सभालाई सम्बोधन गर्दै नेसपाका अध्यक्ष महिन्द्रराय यादवले संविधानमा रहेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समानुपातिक समावेशी संविधानका चार खम्बामध्ये एक खम्बा समानुपातिक समावेशी पक्ष हटाउन  वर्तमान सरकार लागिरहेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानको रक्षा गर्न ठुलो चुनौती खडा भएको भन्दै सरकारको भ्रष्टाचारी प्रवृत्तिका कारण पूर्वराजावादी र पूर्वपञ्चहरुले टाउको उठाउने मौका पाइरहेको बताए । उनले देशमा बढेको बेथिति नियन्त्रण गरेर सुशासन कायम गर्नुपर्ने पनि बताए । उनले भने, ‘प्रतिगामी, पुनर्उत्थानवादी शक्तिहरू देशलाई कमजोर बनाउने प्रयत्नमा लागेका छन् । यस्तो अवस्थामा परिवर्तन पक्षधर शक्तिहरू एक हुन जरुरी छ । नेपालको स्वाधीनता र राष्ट्रिय अखण्डता कायम राख्न जरुरी छ ।’

 

देशमा बढेको वितृष्णा मेटाउन र मुलुकका हर समस्या समाधान गर्न सरकारबाट सम्भव नहुने भन्दै यादवले गणतन्त्र र सङ्घीयता पक्षधर एक ठाउँमा आउन जरुरी रहेको बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...